एनआरएन एसिया प्रशान्त सम्मेलनको तयारी अन्तिम चरणमा, कृषि मन्त्रीले उद्घाटन गर्ने

  - बगैचा सम्बाददाता


सम्मेलन हुने हार्बर ग्रान्ड होटल बल रुम

चुनौती र अवसरको रुपमा हेरिएको गैह्र आवासीय नेपाली संघ एसिया प्रशान्त सम्मेलनको तयारी अन्तिम चरण पुगेको समाचार बगैचाडटकमलाई प्राप्त भएको छ।एनआरएनए हङकङकी अध्यक्ष तथा तयारी समितिको सचिव टीका गुरुङले बगैचवलाई भनिन ” झन्डै डेढ महिना सम्म १८ घन्टाको दरले अनवरत काम गर्दा हाम्रो टिमले अहिले ८० देखी ९० प्रतिशत सम्म तयारी पुरा गरेको छ”, नेपालीहरुलाई हङकङमा भिषा कडाईको कारण बिशेस गरेर १२० जनाको भिषा प्रक्रिया टाउको दुखाई बन्यो, तर पनि सतप्रतिशत सफल भएका छौ, प्राप्त भिषा सम्बन्धित ब्यक्तिहरुलाई पठाउने क्रम जारी छ” साथै लागत खर्छ पनि प्रायोजक बाट ६०% उठिसकेको छ”।

 
आगामी डिसेम्बर ८–९ तारीख हङकङस्थित पाचतारे हार्बर ग्राण्ड होटलमा हुने सम्मेलनको एजेन्डा समृद्ध नेपालका लागि लगानी र रोजगार, दायित्व बिषयक हुने तथा नेपालको संविधान २०७२ को धारा २९१ ले विदेशमा बसोबास गरिरहेका नेपाली नागरिकको अधिकार कटौती गरेको विषयलाई एउटा मुख्य एजेण्डा उपर छलफल हुने आयोजकले बताएको छ।
 
सम्मेलन हुने हार्बर ग्रान्ड होटल

सम्मेलनमा चीन, हङकङ, मकाउ, दक्षिण कोरिया, जापान, मलेशिया, म्यानमार, फिलिपिन्स, थाइल्यान्ड लगायत एशिया प्रशान्त देश तथा अन्य मुलुकका झम्डै २० राष्ट्रका २०० बढी प्रतिनिधि तथा हङकङका १०० गरि तिन सयको हाराहारीमा सहभागीहरु हुनेछन्। सम्मेलनमा एनआरएनका संस्थापक अध्यक्ष, भुपुअध्यक्ष आइसिसी पदाधिकारीहरुको सहभागिता रहनेछ ।

उक्त सम्मेलनको प्रमुख अतिथिको रुपमा सम्मेलनलाई उद्घाटन र सम्बोधन गर्न संघीय कृषि मन्त्री चक्रपाणी खनाल हङकङ आउने पक्का भएको छ । खनाल नेपाल सरकारको तर्फबाट प्रतिनिधित्व गर्दै सहभागि हुने लागेका हुन।
बिदाई भोज हुने ठाउ

डिसेम्बर पाच बाट सहभागीहरु हङकङ आउन शुरु हुने अध्यक्ष टिका गुरुङले बताएकी छिन। आठ तारिक रजिस्ट्रेसन हुनेछ भने सोहि बेलुकी प्रतिनिधि पाहुनाहरुलाई नेपाली महावाणिज्यदूत बाट रात्रेभोज दिने भएका छन। नौ तारीख सम्मेलन हुनेछ भने सोहि रात पानीजहाज आकारको वाम्पोआ रेस्टुरेन्टमा बिदाई भोज हुने आयोजकले बताएको छ।

 

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार