साहित्यिक साझा श्रृङ्खलामा दाजु र भविन सम्मानित

  - बगैचा सम्वाददाता

हङकङमा साहित्यानुरागीहरुको जमघट गराउने साहित्यिक साझा श्रृङ्खलाले ७९औं संस्करण सम्पन्न गरेको छ। हरेक महिनाको अन्तिम आईतवारका दिन गरिने उक्त साहित्यिक जमघट गत आईतवार जोर्डन स्थित नयापेजको कार्यलयमा सम्पन्न गर्यो।
कार्यक्रममा साहित्यकार दाजु गुरुङलाई नवीनतम कथासंग्रह ”टाँकीका फूलहरु” र साहित्यकार भविन लिम्बुलाई उनको नयाँ कृति “सेलेक्टेड पोयम्स अफ भविन” कालागि प्रकाशित गरेकोमा वधाई र सम्मान समेत गरेको थियो।साथै आयोजकका सल्लाहकार बज्र कुमार राईले केहि महिना श्रृङखलाले प्रकाशित भएका संग्रह भाग – ४ का रचनाहरुका बारेमा समीक्षात्मक टिप्पणी गरेका थिए।
कार्यक्रमको अध्यक्षता संयोजक डि. बी.पालुङ्वा,
संचालन सहसंयोजक सुनिता गीरीले गरेकी थिईन।
बिगत सात बर्ष बाट साहित्यिक साझा श्रृङ्खलाले अनवरत रुपमा साहित्यिक गतिबिधी गर्दै आईरहेको छ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार