हङकङमा यायोक्खाद्वारा ब्याडमिन्टन च्याम्पियनशीप आयोजना गरिने

  - बगैंचा सम्वाददाता

किरात राई यायोक्खा हङकङको युवा खेलकुद, संगीत तथा संचार विभाग अन्तर्गतको खेलकुद संयोजक समितिले आगामी २६ डिसेम्बरको दिन यायोक्खा अन्तरभाषिक ब्याडमिन्टन च्याम्पियनशीप-२ गर्ने जनाएको छ।
उक्त जानकारी गत आईतवार जोर्डन स्थित बगैंचा रेस्टुरेन्टमा तयारीसभाका मूलसंयोजक रजीन राईले गराएका थिए। वहाका अनुसार प्रतियोगिता मिन्स डबल्स डिभिजन ए र बी, मिक्स्ड डबल्स ए र बी बिधामा प्रतियोगीतात्मक खेल खेलाइने छ। सहभागी खेलाडीहरुले किराया अन्तर्गतका ८ भाषिक सस्थाहरुको प्रतिनिधित्व गर्दै प्रतियोगिता भाग लिनेछन। बिजेता तथा उपबिजेतालाई नगद पुरस्कार समेत प्रदान गरिने आयोजकले बताएको छ।
कार्यक्रमको दौडानमा बिभागको लागी बिभिन्न भाषिक सस्थाहरुबाट एक एक जना संयोजकहरुको समेत चयन गरिएको थियो। किरायाले ब्याडमिन्टन बाहेक अन्य खेलहरु समेत खेलाउने जानकारी गराए।
उक्त जानकारी सभामा विभागका प्रमुख बज्र कुमार राईको अध्यक्षता,किराया अध्यक्ष हरिचन्द्र राईको प्रमुख आतिथ्यता,किराया प्रज्ञा प्रतिष्ठानका कुलपति शशीमदन र भाषिक संस्थाका अध्यक्ष/प्रतिनिधिहरुको आतिथ्यतामा सम्पन्न भएको थियो। सस्थाको सचिव गजेन्द्र राईले कार्यक्रम सञ्चालन गरेका थिए।
युनलोङ स्थित आफ्नै निजि भवन (सुप्तुलुङ खिम) रहेको किराया हङकङले गत बर्षबाट बार्षिक रुपमा ब्याडमिन्टन खेलाउदै आएको छ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार