निर्मला हत्या काण्ड, काठमाडौबाट एक पक्राउ

  बगैचा सम्वाददाता

काठमाडौ

बलात्कारपछि हत्या भएकी कञ्चनपुरकी बालिकाको निर्मला पन्त काण्डमा संलग्न रहेको आशंकामा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईवीले एक युवकलाई काठमाडौंबाट पक्राउ गरेको छ । पक्राउ पर्ने कञ्चनपुर घर भएका एक २२ बर्षीय युवक रहेको बुझिएता पनि परिचय भने प्रहरीले गोप्य राखेको छ । बलात्कारपछि हत्या गरिएको अवस्थामा बालिकाको शव गत साउन ११ गते फेला परेपछि उनी कञ्चनपुरमा नदेखिएको सीआईवीको भनाइ छ । परिवारका सदस्यले भने युवक भारत गएको प्रहरीलाई बयान दिएका थिए । तर सीआईवीको टोलीले उनलाई हिजो साँझ काठमाडौंबाट पक्राउ गरेको हो । प्रहरीले ती युवकलाई सार्वजनिक भने गरेको छैन । प्रहरी उच्च स्रोतका अनुसार ती युवकको डीएनए परिक्षणका लागि नमुना समेत संकलन गरी विधि विज्ञान प्रयोगशालामा पठाइएको छ । डीएनए रिपोर्ट नआएसम्म युवक हिरासतमा रहने प्रहरीले जनाएको छ । कञ्चनपुर काण्डमा युवकको भुमिका शंकास्पद देखिएको र उनी यसअघि पनि आपराधिक गतिविधिमा संलग्न रहेको अनुसन्धानमा खटिएको ब्यूरोको दावी छ । हत्या भएको लगभग ५ महिना बित्दासम्म हत्यारा पक्राउ हुन सकेको छैन भने यसका लागि विभिन्न दवाबमुलक आन्दोन हुदै आएका छन् ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार