मिस र मिस्टर हङकङ नेपाल २०१८ को तयारी पूरा

  टोपबहादुर याक्खा

१७ डिसेम्बर, हङकङ– मिस हङकङ नेपाल २०१८ र मिस्टर हङकङ नेपाल २०१८ को तयारी पुरा भएको पत्रकार सम्मेन मार्फत आयोजकले बताएको छ ।
२६ डिसेम्बर २०१८, बुधबार साँझ याउ मा तेई कम्युनिटी हलमा एकैसाथ आयोजना हुन गइरहेको उक्त प्रतियोगितामा मिस हङकङ नेपालका लागि ७ जना र मिस्टर हङकङ नेपालका लागि ५ जना प्रतियोगीहरुले प्रतिस्पर्धा गर्दैछन् ।
मिस नेपाल हङकङ सोसाइटी तथा हङकङ नेपाल बडीबिल्डिङ एशोसिएनका अध्यक्ष लोकराज आङबुहाङले बताए अनुसार उक्त कार्यक्रमको प्रमुख निर्णायकका रुपमा नेपालबाट मिस नेपालको आयोजक हिडर ट्रेजरका अध्यक्ष गोपाल सुन्दरलाल कंसाकार आउँने छन् । त्यस्तै गरी होस्टका रुपमा मिस नेपाल इन्टरनेशनल २०१२ सुबेक्षा खडका, चर्चिच कोरियोग्राफर तथा ट्रेनर रचना गुरुङ शर्मा तथा नायक धिरज मगर समेत उक्त कार्यक्रममा आउँने उनले बताए ।
हङकङको ईतिहासमै पहिलो पटक एकसाथ आयोजना हुन गइरहेको उक्त प्रतियोगितामा विजेताहरुले आकर्षक नगद पुरस्कारका साथमा ट्रफी तथा मेडलहरु समेत पाउँने अध्यक्ष आङबुहाङले बताए ।
जोर्डनस्थित चुम्लुङ हिममा आयोजित उक्त कार्यक्रममा मिस हङकङ तथा मिस्टर हङकङका प्रतिस्पर्धी तथा पत्रकारहरुको बाकुलो उपस्थिति रहेको थियो ।

Photo by Mazzako Photography

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार