इन्दिरा चेम्जोङको ‘लालि छर्ने ओठ तिम्रो, स्याउ जस्तै गाला’…( भिडियो सहित..)

१५ वर्ष अगाडिदेखि अमेरिकामा कर्मथलो बनाउदै आउनुभएकी गितकार इन्दिरा चेम्जोङ जन्मभूमि काठमाडौं आइन् । नेपाली सांगीतिक आकाशमा दमदार म्यूजिक भिडियो केही हप्ता अगाडि वजारमा पस्किइन ‘लालि छर्ने ओठ तिम्रो, स्याउ जस्तै गाला, बैसमा होस नगरे जीवन व्यर्थै जाला’ भन्ने बोलको गितमा हालका सर्वाधिक लोकपृय पार्श्वगायक राई इज किङ राजेश पायल राई र स्वस्तिका प्रधानको स्वरमा तारा प्रकाश लिम्वुले संगीत दिएका छन । सम्भू मोक्तानको निर्देशन हालका चर्चित मोडल रिमा विश्वकर्मा र गम्भीर विष्टको अभिनयमा प्रविन श्रेष्ठले म्यूजिक भिडियोलाई सम्पादन गरेको भिडियो मोक्तान डिजिटल युट्यूवमार्फत सार्वजनिक भएको छ।

घर छोडेपछि माइतिको माया लाग्ने परदेशमा रहदा गाउँघर, वजारहाटको सम्झनाले सताउँदा गीत फुर्ने गरेको वताउछिन् इन्दिरा । आफ्नै कथा र व्यथासंग मात्र नजोडि गीतकारका हैसियतले माया प्रेम वियोगान्तका गीतहरू लेख्न रुचाउने वताउछिन । अमेरिकामा रहदा मानवअधिकारको संरक्षण र समाजसेवामा समेत उत्तिकै सक्रिय गीतकार इन्दिराले ६ वटा गीतहरू समेटिएको ‘अर्को जन्म’ एल्वम न्यूयोर्कमा सन् २०१७ मा सार्वजनिक गरिन ।उक्त एल्वममा नेपालका स्टार गायक गायिकाहरू दीपक लिम्वु, अन्जु पन्त, मिलन अमात्य, स्वरुपराज आचार्य, प्रमोद खरेल, मेलिना राई र सिता सिंगकको स्वरमा रहेको छ ।गितहरुको भिडियो अमेरिका र नेपालमा छाँयाकंन भएको हो । नेपाली संगीतको क्षेत्रमा मनपराइएको रेटिङमा पर्न सफल अर्को जन्मको गीतहरू इन्दिराका लागि कोशेढुागा सावित भएका छन् ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार