रातोकलमका सम्पादक बानियाँलाई उत्कृष्ट सदस्य अवार्ड तथा विभिन्न सम्मान

जनकपुर । रातोकलम अनलाइनका सम्पादक देबु बानियाँलाई नेपाल जेसीजको उत्कृष्ट सदस्य अवार्ड प्रदान गरिएको छ ।
नेपाल जेसीजको जनकपुरमा सम्पन्न ४५ औँ राष्ट्रिय अधिवेशनमा बानियाँलाई नेपाल जेसीज वर्ष २०१८ मा उत्कृष्ट सदस्य अवार्ड प्रदान गरिएको हो । उनलाई नेपाल जेसीजका राष्ट्रिय अध्यक्ष सिनेटर श्रीधर बस्यालले उत्कृष्ट सदस्य अवार्ड प्रदान गरेका थिए । बाहुनडाँगी जेसीजका तालिम संयोजक बानियाँले आफ्नो शाखा सहित देशभरका विभिन्न शाखाहरुसँगको सहकार्यमा हरेक गतिविधिमा सहभागि भइ उत्कृष्ट कार्य गरेबापत उक्त अवार्ड प्रदान गरिएको हो ।
यसैगरी, सम्पादक बानियालाई क्षेत्र घ का ४२ वटा शाखाले एकमुष्ट सम्मान गरेका छन् । क्षेत्र घ अन्तरगतका शाखाहरुको कार्यक्रमलाई सञ्चार माध्यममा ल्याउन सहयोग गरेको भन्दै बानियाँलाई क्षेत्रीय सम्मेलन आयोजक शाखा त्रिभूवन नगरका अध्यक्ष लालमणि भण्डारीले उक्त पुरस्कार प्रदान गरेका थिए । यसैगरी बानियाँलाई सुर्खेत लेडी जेसीज र महाधिवेशन शाखा जनकपुर जेसीजले पनि सम्मान गरेको छ । उनलाई सोही महाधिवेशनमा सम्मान पत्र र दोसल्ला ओडाएर सम्मान गरेको हो ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार