मनिष लिम्बु र प्रिया गुरुङ बने मिस्टर तथा मिस हङकङ नेपाल –२०१८

  टोपबहादुर याक्खा

२६ डिसेम्बर, हङकङ– मिस्टर हङकङ नेपाल २०१८ उपाधी मनिष लिम्बुले हाता पारे भने मिस हङकङ नेपाल २०१८ को ताज प्रिया गुरुङले पहिरिन सफल भईन् ।
याउ मा तेई कम्युनिटी हलमा मिस नेपाल हङकङ सोसाइटी तथा हङकङ नेपाल बडीबिल्डिङ एशोसिएनद्धारा संयुक्त रुपमा आयोजित कार्यक्रममा मिस्टर हङकङ तर्फ वेष्ट पोजको उपाधी साहित मनिष लिम्बु मिस्टर हङकङ नेपाल २०१८ घोषित भए भने चन्द्र कुमार सुनुवार र रिथ विक्रम मल्ल क्रमशः फष्ट र सेकेण्ड रनरअप भएका थिए । बिजेताहरुले क्रमशः ८ हजार, ६ हजार र ४ हजार नगद पुरस्कारका साथमा मेडल र ट्रफीहरु पाएका थिए ।
त्यस्तै गरी मिस हङकङ तर्फ मिस पपुलर टाइटल सहित प्रमुख निर्णायक कोरियोग्राफर तथा ट्रेनर रचना गुरुङ शर्माद्धारा सोधिएको प्रश्न “अहिले हङकङमा नेपाली समाजको लागि रहेको समस्या के हो ? र यसको समाधान कसरी गर्नु पर्छ ?” को चित्त बुझ्दो उत्तर दिदै प्रिया गुरुङ मिस हङकङ नेपाल २०१८ घोषित भईन भने नेहा राई र जानिभा श्रेष्ठ क्रमशः फष्ट र सेकेण्ड रनरअप भए । विजेताहरुले क्रमशः १० हजार, ७ हजार र ५ हजार नगद पुरस्कार सहित ट्रफी पाएका थिए ।
मिस्टर हङकङ नेपालका लागि हङकङ बडिबिल्डिङ एण्ड फिजिक स्पोर्टस फेडेरेशनबाट ३ जना चाइनिज जजहरु रहेका थिए भने मिस हङकङ नेपालका लागि नेपालबाट आएकी कोरियोग्राफर तथा ट्रेनर रचना गुरुङ शर्मा, नायक धिरज मगर लगायतका व्यक्तित्वहरु रहेका थिए ।
नेपालबाट आएका गायक एकदेभ लिम्बुद्धारा सांगितिक प्रस्तुती समेत दिइएको उक्त कार्यक्रमा मिस्टर हङकङलाई संचारकर्मी देबराज राईले संचालन गरेका थिए भने मिस हङकङलाई नेपालबाट आएकी मिस नेपाल इन्टरनेशनल २०१२ सुबेक्षा खडकाले संचालन गरेकी थिएइन ।

मिस हङकङ नेपाल २०१८ का टाइटल विजताहरुः

१. मिस पर्सनालिटी –सविना गौचन
२. मिस कन्जेनेलिटी – माधुरी लिम्बु
३. मिस नेक्स्ट टप मोडल – नुमा लिम्बु
४. मिस फेशन आइकन र फोटो जेनिक – जानिभा श्रेष्ठ
५. मिस ट्यालेण्ट र ग्लामरस लुक – नेहा राई
६. मिस अडियन्स च्वाइस – मेलिना गुरुङ
७. मिस पपुलर – प्रिया गुरुङ

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार