ईमानसिङ चेम्जोङको ११६औ जन्म जयन्ती सन्दर्भ को हुन ईमानसिङ चेम्जोङ ?

भुपेन्द्र चेम्जोङ
ईस्बि सम्वत १९०४ को जनवरी १ मा कालेम्पोङको रिङ्केबुङमा बाबू मेघवरसिङ र आमा वापुहाङमा को सुपुत्रको रुपमा जन्मेका ईमानसिङ बहुप्रतीभाका धनी थिए । उनको पुर्ख्यौली घर पान्थर आङसराङ हो । उनको प्ररम्भिक शिक्षा कालिम्पोङमा भएको थियो भने उच्च शिक्षा कलकताको सेन्ट जेभियर्स कलेजबाट प्राप्त गरे ।अध्ययनमा हुँदै उनको बुबाको देहावसानले पढाइ पूरा हुन सकेन । त्यसपछी दार्जिलिङको सुकेपोखरीमा स्कुल शिक्षकको रुपमा काम गरे । त्यहा हुदा नेपालसङग नजिक हुने मौका पाए ।त्यस्पछी उनि सिक्किम गए र एक उच्च माध्यमिक बिद्यालयमा पढाउन थाले । कुनै एक समय सिक्किमको कर अधिकृत समेत भएका थिए । उनको बिबाह अमिरान प्रधान सङग भएको थियो । उनका ३ छोरी र २ छोरा भए । दुई छोरा मध्ये जेठो हाङसिङ चेम्जोङ नेपाल प्रहरीको डिआईजी भएर अबकास भए उनी परलोक भैसकेकाछन । कान्छो मोहन सिङ चेम्जोङ नेपाली सेनाबाट बृग्रेडियर जनरल भएर अबकाश जीवन बिताई रहेकाछन ।

ईतिहासकारको रुपमा ईमानसिङ

ईमानसिङ चेमजोङले नेपालको बैकल्पिक ईतिहास लेखे ।उ भन्दा पहिले हामि केवल जित्नेले लेखेको ईतिहास पढ्थ्यौ । किराँती जातिहरुको र किरात सभ्यताको वास्तविक ईतिहास लेखेर जित्नेको ईतिहासले किनारामा पुर्याईसकेको जातिलाई मूलधारको बाटोमा फर्काए ।यसर्थमा उनी छुटै अनि यथार्थ पाटाका इतिहासकार हुन ।खोजि ईतिहासकार हुन । उनको ईतिहास आउनु अघि गोर्खा राज्य र लिम्बूवान बीचको नुनपानीको सन्धि जस्तो अत्यन्तै महत्वपूर्ण सन्धी सम्म पनि तमाम लिम्बूहरुलाई थाहा थिएन । गोर्खाली सेना अगाडि लिम्बूहरुले आत्मासमर्पण गरेको ईतिहास मात्र पढाईन्थ्यो । लिम्बु सेना कमाण्डर काङसोरे र गोर्खाली सेना कमान्डर रघु रानाबीचको मल्ल युद्धबारेमा कथित मूलधारे ईतिहासकारहरुले कहिले लेखेनन । काङ्सोरेले रघुरानालाई मल्ल युद्धमा हराएपछी सम्झौता बिपरीत गोर्खाली सेनाद्वारा लुकाई राखेको हातहतियार निकालेर काङ्सोरे लगायत निहत्था लिम्बूसेनाको हत्या गरिएको थियो । मल्ल युद्धको दिन दुवै पक्षले हात -हतियार नलिई जम्मा हुने सम्झौता गरेका थिए । ईमानसिङ अगाडि कसैले खुलेर यो वास्तविक इतिहास लेखेनन । द्रब्यशाहले ड्रम बजाउदै दौड जितेर राजा भएको जस्ता फेन्टासी ईतिहास हामिलाई सिकाईन्थ्यो । पृथ्बीनारायण शाहले किर्तिपूरका सर्बसाधारणको १७ धार्नी नाक कान काटेको कुनै मुलधार भनिने ईतिहासकारले लेखेनन । बिजित जाती र राज्यहरुलाई होच्याउने र नङ्याउने ईतिहास मात्र लेखे विशेष गरि आर्यन ईतिहासकारहरुले । यी झुटपूर्ण इतिहासलाई चुनौतिदिदै सत्य ईतिहास लेख्न साहस गरे ईमानसिङ चेम्जोङले । उनले हामी सबको आँखा खोलिदिएकाछन आज कम्तिमा पनी राजनैतिक चेतना आएको छ । पहिचानको प्रसङग जोडले उठेकोछ । उनले किरातकालीन बिजयपुरको ईतिहास र हिस्ट्री ओफ द किरात पिपुल ( अङग्रेजिमा ) लेखेकाछन ।

राज नेताको रुपमा

ईमानसिङ चेमजोङ सुरुमा कम ईतिहासकार बढी राजनेता थिए। चेम्जोङले बिक्रम सम्बत २००९ सालमा ूलिम्बुवान सुधार संघ ू नामक एक सामाजिक सन्स्था खोलेर उनी सन्स्थापक सभापति बने । त्यही सङघ मार्फत राजा त्रीभुवनको पालामा पहिलो चोटि स्वायत्त लिम्बुवान माग गरेका थिए । उनले स्वायत्त लिम्बुवानको राजनैतिक ढाचा कस्तो हुने भन्ने समेत प्रष्ट रुपमा उल्लेख गरेको थियो ।उनले लिम्बुवान प्रदेश लिम्बुहरुको मात्र नभएर लिम्बुवानभित्र बसोबास गर्ने सम्पूर्ण जातजातिहरुको साझा राज्य हुने कुरा प्रष्ट उल्लेख गरेका थिए । उक्त सन्स्थाको प्रधान्मन्त्री९महामन्त्री० तेजबहादुर प्रसाईं हुनुले चेम्जोङले कल्पना गरेको लिम्बुवान स्वायत्त राज्य सबै जातजातिको लागि थियो भन्ने प्रष्ट हुन्छ । तसर्थ लिम्वुवान स्वायत्त प्रदेशको पहिलो राज्नैतिक परिकल्पनाकार उनै ईमानसिङ चेम्जोङ हुन भन्दा दुईमत नहोला ।उनी २ण्१५ सालको आम चुनावमा क्षेत्र नम्बर २८ को उमेदवार समेत भएका थिए तर त्यहाका लिम्बू लगायत आदिबासीहरुले उनलाई चिनेनन । लिम्बूहरुले नै उनलाई हराए । उनको सट्टा पान्थर मेहेलबोटेका काङ्रेसका उमेदवार गणेश रिजाल बाहुनलाई बहुमत दिएर जिताए ।
बास्तवमा उनी ईतिहासकार हुनुमा पनि राज्नैतिक पर्सुएसन बढी देखिन्छ । उनी हार्नुमा त्यहाका लिम्बूहरुको चेतना शुन्यको कारण हो भन्ने निष्कर्शमा पुगे ।उनलाई हराउने तिनै अवचेतन समुदायमा ज्ञानको ज्योती बाल्नु जरुरी सम्झे र जीवन पर्यन्त त्यही गरे ।खोजी ईतिहास लेखन सुरु गरे । उनका मत्वपूर्ण पुस्तकहरु १५ साल पछाडी छापिएकाछन ।
जस्तो किरात मुन्धुम (१९६५)  किरात हिस्ट्री एण्ड कल्चर (१९६७), किरात दर्शन  (१९६९)  किरातकालिन बिजयपुरको इतिहास (१९७४०) आदि ।
बीस २०१८ सालदेखि त्रिभुवन बिश्वबिद्यालयमा  ‘किरात भाषा तथा सन्स्कृती बिशेषज्ञू’ को रुपमा रहेर बाकी जीवन अनुसन्धनात्मक ईतिहासको खोजिमा समर्पण गरेकाछन । ईतिहासकार तथा प्रथम लिम्बुवान प्रदेश तथा सङघीय शासन अभियन्ता ईनानसिङ चेम्जोङको लिम्बुवान जन्य पार्टिहरु र सङघीयबादी पार्टिहरुले सम्मान गर्नु पर्दछ ।

सामाजिक आभियन्ताको रुपमा

भन्ने गरिन्छ एकदिन ईमानसिङ्का गुरुले  “किरातीहरु जङली हुन्छ्न” भनेको सुनेपछी उनको दिमागमा कहिले ननिभ्ने दियो बल्न सुरु भएको हो । उनको गुरुले यसो भनेपछी “म को हु” भन्ने चुनौतीपूर्ण प्रश्नले उनलाई ईतिहासकार, राजनेता,पहिचानी अभियन्ता तथा सान्स्कृतिं बिद बनाई छाड्यो । उनी ९ कक्षाको विद्यार्थी छदा कालेम्पोङमा लिम्बूहरुको सभामा भाग लिने मौका पाए । त्यहा उनले लिम्बुहरुको साझा सभाको नाम ूयाक्थुङ चुम्लुङ ूहुनुपर्ने प्रस्ताब राखे । पछि त्यही पारित भयो ।त्यसपछी विभिन्न समयमा अखिल बर्मा किरात संघ ,अखिल भारतीय किरात चुम्लुङ, अखिल सिक्किम किरात चुम्लुङ लगायतका कैयौ संस्थाहरु ईमानसिङ चेम्जोङको पहलमा खोलिए ।विस २०४५ सालमा आएर नेपालमा पनि किरात याक्थुङ चुम्लुङ स्थापना भयो । विस १९८८ सालमा फाल्गुनन्द लिङ्देनले पान्थरको चोकमागुमा डाकेको आम लिम्बुवान सभाको सन्चालक समेत उनी नै थिए । उन ईस १९२८ सालमा बाजमी थलङ सङ्ग मिलेर लिम्बू भाषा तथा सिरिजङ्गा लिपि सिक्ने पुस्तकू तुम याक्थुङ निङ्वाभु साप्लाू प्रकाशन गरेर सिरिजङ्गा लिपि र लिम्बू भाषाको प्रचार प्रसार गरे । लिम्बू -नेपाली- अङ्रेजी शब्दकोश (१९६१)  प्रकाशन गरे । लेप्चा – नेपाली- अङ्रेजी शब्दकोष (१९६९)  प्रकाशित गरे । उ र अन्य केही सचेत लिम्बूहरु मिलेर सिरिजङ्गा लिपि र लिम्बूभाषामा पत्रमित्रता लेख्ने अभियान समेत चलाए।
उनको बिस २०३३ सालमा नेपालमै देहवसान भयो ।

श्रोत स् येहाङ लाओतिको अन्तर्बार्ता
ईमानसिङ चेम्जोङको जिवनी (NR Prasai )
र वेबसाइट आदि ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार