आशाको ‘आम्मौ आम्मौ…’ गीत युट्युवमा ( भिडियो सहित…)

१६ पौष काठमाण्डौ ।

जन्मथलोसंगको प्रगाढ सम्वन्धले घचघचाएपछि लिम्वु गीतको म्यूजिक भिडियोमार्फत यसै साता उदाएकी छिन मोडल तथा गीतकार आशा सुहाङ । अमेरिकालाई कर्मथलो वनाउदै आएकी सुहाङले एवि किरात च्यानलबाट म्यूजिक भिडियो सार्वजनिक गर्दै लिम्वु गीत संगीतको दुनियाँमा एउटा गह्रुङ्गो इँटा थपेकी छिन् ।
म्यूजिक भिडियो हेरिसकेपछि आमदर्शकलाई लाग्नेछ, ‘प्यारके वदले में प्यार मिलेगा…’ भन्ने चर्चिक वलिउडको चलचित्रको गीतलाई सम्झनेछन् । आमाको माया स्वर्गभन्दा पनि माथि हुन्छ त्यसमा पनि एक्ली आमा अनि दुःखजिलो गरेर हुर्काएकीको आमालाई सन्तानले गरेको मायाले म्युजिक भिडियोलाई थप रोमाञ्चक बनाएको छ ।

गाउँघरमा घटीरहने कैयौ यस्ता घटनाहरुलाई गीतकार आशाले शब्दमा उनेकी छिन् । म्यूजिक भिडियोलाई जिवन्त बनाउन मुर्धन्य लिम्वु गीतकार यासेली योङहाङले निर्देशन गरेका छन् । निर्देशनको क्षेत्रमा यासेली नयाँ हुन् तथापी लिम्वुहरुको जीवनशैलीको ज्ञाता भएकाले म्यूजिक भिडियो हेर्दा दर्शकलाई लिम्वु गाउँघर पुर्याउछन् । नयाँ पुस्ताका चर्चित गायिकाहरु सुनिता थेगिम र आशा सुहाङले स्वर दिएको भिडियोमा कोरियोग्राफर दिनेश माङ्मुले निर्देशन गर्न यासेलीलाई सहयोग गरेका छन् ।

भिडियोमा कलाकारहरु आशा सुहाङ, रुकमान लिम्बू, सुक तुम्रोक र बाल कलाकार हरु युना तुम्बापो, शितल राई, टिना राई, टिमन राई आदि छन र क्यामेरा भुपेन तुम्बाहाम्फे र भिडियो सम्पादन बिकास धमलाले गरेका छन
यसका अतिरिक्त आशा सुहाङको सब्द, तारा प्रकास लिम्बूको संगित, स्वर तारा प्रकास र मेलिना राईको स्वरमा ‘नलेखेका मनका कुरा, लेखु लेखु लाग्यो’ केही समय अगाडि मात्र युट्युब मार्फत सार्वजनिक भएको छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार