८० औं साहित्य श्रृंखलामा ‘टाँकीका फूलहरु’ माथि चर्चा

  टोपबहादुर याक्खा

३० डिसेम्बर, हङकङ– सृजना वाचन तथा समीक्षा गर्दै ८० औं हङकङ साहित्यक साझा श्रृंखला सम्पन्न भयो ।
साहित्य श्रृंखलाका संयोजक डी.बी. पालुङवाको अध्यक्षतामा जोर्डन स्थित नयाँपेजको कार्यालयमा सम्पन्न उक्त श्रृंखलामा चित्रकार तथा साहित्यकार दिपेन्द्र राईले चित्रकार तथा साहित्यकार लैनसिंह वाङदेलको ९९ औं जन्मोत्वसको अवसरमा उनले नेपाली साहित्य तथा चित्रकारिता क्षेत्रमा पुर्याएका अतुलनीय योगदान बारे टिप्पणी गरेका थिए ।
त्यस्तै गरि अन्य साहित्यकारहरु दाजु गुरुङ, सुनिता गिरी, पूर्णिमा शाह, डी.बी. पालुङवा, सपना पौडेल, लालबहादुर गुरुङ, चन्द्र सम्बाहाम्फे लगायतले आफ्ना सृजनाहरु वाचन गरेर सुनाएका थिए ।
श्रृंखलाकी सह–संयोजक सुनिता गिरीद्धारा संचालन गरिएको कार्यक्रमको अन्तमा संयोजक डी.बी. पालुङवा तथा सह–संयोजक सुनिता गिरीद्धारा केहि पहिले मात्रै विमोचित श्रृंखलाका संरक्षक दाजु गुरुङको कथा संग्रह ‘टाँकीका फूलहरु’ माथि आफ्नो भनाईहरु राख्दै ‘टाँकीका फूलहरु’ भित्र हामीले देखे भोगकै कथाहरु समाहित रहेको र समग्रमा यो हङकङकै प्रतिनिधी मूलक पुस्तक भएको बताएका थिए ।
नेपाली वाङ्मयको संरक्षण तथा सम्बर्धनका लागि विगत ७ वर्षयता प्रत्येक महिनाको अन्तिम आइतबार हङकङबासी नेपाली साहित्यिक सर्जकहरु भेला भई साहित्यिक विचार–विमर्श, सृजना वाचन, समीक्षा गर्दै आइरहेको श्रृंखलाले वार्षिक उत्सव कार्यक्रमको अवसरमा कृति प्रकाशन तथा देश विदेशका स्रष्टाहरुलाई नगद पुरस्कार सहित सम्मान समेत गर्दै आइरहेको छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार