सरगम साँझ–३ मा दिप श्रेष्ठको ५० औं सांगितिक वर्षगाठ

  टोपबहादुर याक्खा

३० डिसेम्बर, हङकङ–  सदाबहार गायक दिप श्रेष्ठको गायन यात्राको ५० औं सांगितिक वर्षगाठ संगै ‘सरगम साँझ–३’ सम्पन्न भयो ।
नेपाल क्लब हङकङद्धारा आयोजित ‘सरगम साँझ–३’ मा आफ्नो गायन यात्राको ५० औं वर्षगाठ मनाउँन लाईभ ब्याण्ड सहित हङकङ उत्रिएका उनले आफ्ना चर्चित गीतहरु ‘म पत्थरको देवता होइन…’, ‘भन्थि मेरी उनि…’, ‘मुटुको ढोका खोलेर राख्छु…’, ‘हर रात सपनीमा…’, ‘म त दूर देखि आए…’ लगायत एक दर्जन गीतहरु सुनाएर उपस्थित दर्शक तथा शुभचिन्तकहरुलाई भरपुर मनोरञ्जन दिलाएका थिए ।
याउ मा तेई कम्युनिटी हलमा आयोजित उक्त सांगितिक कार्यक्रमको डुएट गीतहरुमा भने नेपालबाटै आएकी आफ्नै छोरी दृष्टि श्रेष्ठका साथै हङकङबासी संगितकार तथा गायक दिनेश सुब्बा, सरला गुरुङ, रोशा लिम्बु, पवित्रा राई र हर्षित आलेले साथ दिएका थिए ।
केही पहिले सम्पन्न सबै भन्दा धेरै दर्शकहरुबाट रुचाइएको टी.भी. रियलिटी शो ‘भोइस अफ नेपाल’ का कोच समेत रहेका उमेरले करिब ७ दशकको संघारमा रहेका धरानबासी दिप श्रेष्ठले आफ्नो ५० वर्षको संगीत यात्रामा धरानले आफूलाई खास चिन्न नसकेकोमा दुःख व्यक्त गर्दै सरगम साँझका आयोजकले आफ्नो मनको भावना बुझिदिएकोमा स्टेजबाटै धन्यवाद दिएका थिए ।
गायक दिप श्रेष्ठ लगायत विभिन्न व्यक्तित्वहरुलाई सम्मान समेत गरिएको उक्त सांगितिक कार्यक्रमलाई नेपाल धरानबाटै आएकी आर.जे. ईक्सा मादेनले संचालन गरेकी थिइन् ।

 

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार