कियाचुले मनायो इतिहासविद् इमानसिङ् चेम्जोङको ११६औँ जन्म जयन्ती

ललितपुर
किरात याक्थुङ चुम्लुङ, लिम्बु बिध्यार्थि मञ्च र याक्थुङ युवा मञ्चको सयुक्त आयोजनामा इमानसिङ चेम्जोङको ११६ औं जन्म जयन्ती कियाचु भवनमा एक कार्यक्रम आयोजनागरि  मनाए ।

दुई चरणमा रहेको कार्यक्रममा पहिलो चरण मा चेम्जोङको घरपरिवार अतिथि र आयोजकद्वारा तस्बिरमा दिप प्रजलन र पुष्पगुच्छा चढाई  त्रिमुर्तिमा माल्यार्पण गरि कार्यक्रमको सुरुवात गरेका थिए ।

कार्यक्रममा मुख्य अतिथि वक्ता शताब्दी पुरुष संस्कृतिविद सत्यमोहन जोशी, र प्रमुख वक्ता इतिहासविद् प्रा.डा.  टेक बहादुर श्रेष्ठ थिए । कार्यक्रमको पहिलो चरणमा अन्तरक्रिया कार्यक्रममा प्रा.डा. टेक बहादुर श्रेष्ठले इमानसिङ् चेम्जोङको बारेमा विशेष प्रस्तुती दिएका थिए । कार्यक्रममा इमानसिङ् चेम्जोङका परिवारहरू उपस्थिति रहेको थियो । दोस्रो चरणको कार्यक्रममा प्रमुख अतिथि शताब्दी पुरुष संस्कृतिविद सत्यमोहन जोशीद्वारा इमानसिङ् चेम्जोङ पुरस्कार दुइ जना व्याक्तिलाई  प्रदान गरिएको थियो ।

पुरसकृत हुनेहरू कवियत्री राधिका हुक्पा चोङवाङ् र कवि पुष्पहाङ लोवा हुन। किरात याक्थुङ चुम्लुङले किरात समुदाय, जातिको प्राचिन इतिहास, भाषा र किरात सिरिजङ्गा लिपिको प्रचारप्रचार र प्रकाशनमा महत्वपूर्ण योगदान दिने दुई  जनालाई  पुरस्कृत गर्दै आएको छ । इमानसिंह चेम्जोङ पुरस्कारको स्थापना वि.स. २०५४ मा नै भएको हो ।
प्रमुख अतिथी संस्कृतिविद सत्यमोहन जोशीले हाम्रो मौलिक भाषा लोप हुदै गएकोमा चिन्ता ब्यक्त गरे । उनले काठमाडौँ उपत्यकाको नेवार जनजातिको उदाहरण दिँदै भने, “नेवारी मातृभाषा बोल्ने नेवार केवल ३५ प्रतिशत पुगेछ, अव आउने जनगणनामा कति हुने हो ?” चिन्ता व्यक्त गरे। “बाहिर देखिएको छैन, तर भित्र, भित्र घाउ बढेर गइरहेको छ। नेवारमा व्यापक असन्तोष छ।” जहाँसुकैका नेवार किन नहुन २ जना भेट्दा नेवारीमा कुराकानी मार्ने नेवारको अवस्था यस्तो छ, भने लिम्बु भाषा बोल्नु भनेको असभ्य, गवाँर, पाखे हुनु हो भन्ने औपनिवेशिक चिन्तनले ग्रसित लिम्बुको हविगत के होला, लिम्बुले आफ्नो अवस्था आफैले आकलन गरे हुन्छ। संस्कृतिविद् जोशीले पुन थपे, “सरकारले केही गरेन, गर्न चाहेको पनि छैन। २००७ सालमा विराटनगर, काठमाडौँ, वीरगन्जमा क्रान्ति भयो, नेवारी भाषामा पठनपाठन हुनु पर्छ भन्ने राजनीतिक माग र आकाङ्क्षा अभिव्यक्त भएको थियो।

सात साल पछि नेवारीमा समाचार र हप्तामा १ दिन कार्यक्रम पनि आयो। पछि महेन्द्रले एकाएक “एउटा राजा, एउटा देशु को नीति लिएर बन्द गर्‍यो। आज गणतन्त्र आउँदा पनि केही भएको छैन।” उनको असन्तुष्टि उनको मनतब्यमा, विचारमा, उनले व्यक्त गरेको शब्द, शब्दमा बुझ्न सकिन्थ्यो। उमेरले शताब्दी पुगेका हुन तर उनको व्यक्त विचार र इच्छा शक्तिको दम हेर्दा उनी आफैले एउटा भाषिक आन्दोलनको अदम्य पहाड उक्लन सक्ने तागत उनी सित भएको सहजै पढ्न सकिन्थ्यो। जोशीले मलाई सायदै सम्झन्छन् भन्ने लागेको थियो। किनकि म महासङ्घको महासचिव हुँदा उनी निकट भएर धेरै चोटि उठबस भएको हो। उनको स्मरण शक्ति कति ताजा र बलियो रहेछ भन्ने कुरा मैले त्यतिखेर महसुस गरे, जब मातृभाषाको तथ्याङ्क भन्दै दिए, मलाई पुलुक्क हेरेर भने, “यो तथ्याङ्क उहाँहरूलाई सोध्नु पर्छु। उनले पुन भने, “केटाकेटीलाई आुआफ्नो भाषा बोल्ने वातावरणको विनाको समाज कस्तो हुन्छरु त्यो त मरिसकेको समाज हो ।”
इतिहासविद् इमानसिङ् चेम्जोङका छोरा मोहनसिङ चेम्जोङले स्मरण गर्दै बाबुका बारे बोलेका थिए ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार