हङकङमा उधौलीको रौनक

  नरेश सुनुवार 'ठूले'

किरातहरूले अदिमकालदेखि परम्परागत रूपमा मनाउदै आएको चाडहरूमध्ये ‘उधौंली’ चाड महत्वपूर्ण र महान चाड हो । यो चाडलाई नेपाल लगायत संसारभरी छरिएर रहेका किरातहरूले हर्ष, उल्लास र गौरवमयकासाथ धुमधामले मनाउने गर्दछन् । यसै क्रममा हङकङमा रहेका किरातहरूले पनि बिगत २ दशक देखि आफ्नो मौलिक किराति चाड उधौली उभौली मनाउदै आएका छन् ।
हङकङेली किरातहरू- राईहरूले ताईमो शान स्थित यलाम्बर पार्कमा गत डिसेम्बर २३ आईतबारको दिन साकेला उधौली २०१८ किरात राई यायोक्खा हङकङको आयोजनामा भब्यताका साथ सम्पन्न गरेकाछन । त्येसैगरि लिम्बूहरूले मंकिहिल स्थित युमाथेबा पार्कमा गत डिसेम्बर २५ मंगलबार चासोक तङनाम २०१८ किरात याक्थुङ चुम्लुङ हङकङको आयोजनामा भब्यरूमा सम्पन्न गरेका छन् र सुनुवार समाज हङकङको आयोजनामा गत ३० डिसेम्बर आईतबारको दिन सुनुवार (कोईच) हरूले हङकङ पार्कभ्यू स्थित ष्याँदर पार्कमा उधौली रापवा ष्याँदर २०१८ भब्यताका साथ सम्पन्न गरेका छन् ।
पितृ, पूर्खाहरूलाई सम्झदै, सम्मान गर्दै र प्रकृतिलाई पूजा आरधना गर्दै किरातहरूले यो चाड मनाउने गर्दछन् । मौसमको हिसाबले जाडो याम सुरू भईसकेको हुन्छ, हिमालबाट माछा र चरा चुरुङ्गीहरू मधेश तथा अवल तिर फर्कन्छन र त्यहि समयमा अन्नबाली भित्र्याउने बेला भएको हुन्छ । त्यही अवसर यानि मंसिरे पूर्णीमाको छेका पारेर नयाँ अन्नबाली न्वांगि गरि पितृ र प्रकृतिलाई पूजा आरधना गर्दै उधौंली चाड मनाउने गरिन्छ । यस उधौली चाडलाई किरातहरू- राईले ‘साकेला’, लिम्बूले ‘चासोक तङनाम’, यक्खाले ‘चासुवा’ र सुनुवार (कोईच)ले ‘रापवा ष्याँदर’ भनेर सम्बोधन गर्दछन ।
मौलिक भेषभूषामा सजिएर प्रकृतिको काखमा पूजा आरधना गरि ढोल झ्याम्टा, च्याब्रुङ, गुईदवा बजाउदै केटाकेटी, युवायुवती, बुढाबुढी सामूहिक रूपमा बिभिन्न ताल र भाकामा नाच्दै गाउदै मनाउने यो चाडलाई प्रकृतिक र वातावरणमैत्री चाडको रूपमा लिन सकिन्छ । मौलीक गीत गाउनु, मौलिक बाजा बजाउनु, मौलिक खाना खानु, मौलिम भेषभूषा लगाउनु, र मौलिक पाराको नाच नाच्नुले यो चाडलाई किरातिहरूको बिषेश मौलिक पहिचानको रूपमा लिने गरिन्छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार