हङकङबाट चलचित्र ‘पुरानो बुलेट’ को वर्ल्ड प्रिमियर शो हुँदै

  टोपबहादुर याक्खा

५ जनवरी, हङकङ–  पुर्वेली ट्रिपिकल कथा र लोकेशनलाई थिम बनाउँदै निर्माण सम्पन्न भएको नेपाली कथानक चलचित्र ‘पुरानो बुलेट’ को वर्ल्ड प्रिमियर शो हङकङबाट गरिने भएको छ ।
आयोजकद्धारा चुम्लुङ हिममा आयोजित जानकारी सभामा बताए अनुसार २३ फेब्रुअरी २०१९, शनिबार साँझ याउ मा तेई कम्युनिटी हलमा सम्पन्न हुने उक्त प्रिमियर शो लाई विशेष बनाउँन चलचित्रकका अभिनेता अनुप विक्रम शाही तथा अभिनेत्री माला लिम्बु समेत हङकङ आउने छन् । 
चलचित्रमा अनुप विक्रम शाही, माला लिम्बु, बर्षा सिवाकोटी लगायतका कलाकारहरुको अभिनय रहेको छ । पुर्वेली पत्रकारहरुको पहिलो प्रयास स्वरुप निर्माण गरिएको चलचित्रलाई पत्रकार भिषण राईले निर्देशन गरेका हुन । एक्जुकेटिभ प्रड्युसर सन्तोष राई रहेको चलचित्रमा अशोक कुमार राई, विरेन साम्बा, टिकाराम राई, दिपेन लिम्बुको लगानी रहेको छ ।
लामो समय रंग पत्रकारिता र फिल्म समीक्षामा आफुलाई प्रमाणित गरिसकेका पत्रकार राई, खारिएको अनुभव चलचित्र पुरानो बुलेटमा खर्चिएको बताउँछन् । ‘हामीले पूर्वका पर्यटकीय स्थल, संवाद र चालचलनलाई जस्ताको तस्तै चलचित्रमा समेटेका छौ’ उनी बताउँछन् ।
फिल्म सन्देश मुलक बनाईएको एक्जुकेटिभ प्रड्युसर सन्तोष राई बताउँछन् । पुरानो ‘बुलेट चढेर हिड्ने सवै खराव हुदैनन् भन्ने सन्देशसंगै फिल्ममा माया, प्रेम, हाँसो, रोदन सवैलाई एकसाथ समेटेका छौ’, उनी थप्छन् ।
हेल्प फर ह्युमिनिटी ‘न्यानो काख अभियान’ को सहयोगार्थ प्रदर्शन गरिने फिल्मलाई हङकङमै पत्रकारितासँगै समाजसेवामा आफुलाई समाहित गरिरहेका अनोज रोका, मज्जाको राई, विजय लिम्बु, सरु राई र सुनिता लिम्बुले प्रर्दशनको जिम्मा लिएका हुन् ।

Photo by BlackPig HK

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार