बलात्कृत आत्मा–कविता

मीना खापुङ्ग

यौबनको
मातले लठारिएका
नरपिसाचहरुको  पन्जाबाट
मृत्यु बरण गरेका
बलात्कृत आत्मा हो जाग !

रितिको चपेटामा फसेर
छौपडीमा चिसो रात र भयले
लिन भएका आत्मा हो जाग !

दाईजो नमिल्दा
यातनाले जलाई
झुन्ड्याई मारेका आत्मा हो जाग !

छोरो नपाउँदा
पिरोलिएर र सेरीई मरेका
आत्मा हो जाग
औसिमा जन्मेका
अल्छिनी आत्मा हो जाग
पुर्णिमामा जन्मेका
सुन्दरी आत्मा हो जाग
बिदुवा, अपहेलित
बोक्सी आत्मा हो जाग
मानबिय गरिमाबाट
बन्चित गरिएका
दुःखी आत्मा हो जाग
जागी उठेर
यो कुरिती कुसस्कारले छोपेको
स्वार्थले ब्याप्त संसारलाई
जगाई लेऊ, हल्लाई  देऊ !

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार