भद्रकला एकल साँझ–२०१९ का कलाकारहरु भोली हङकङ आउँदै

  टोपबहादुर याक्खा

११ जनवरी, हङकङ– हङकङबासी चर्चित गीतकार तथा समाजसेवी भद्रकला आङबुहाङ राईद्धारा आयोजित  ‘भद्रकला एकल साँझ–२०१९’  का कलाकारहरु भोली हङकङ आउँदैछन् ।
बिरामीद्धय नितेस लिम्बु र सविता मिजारको उपचार सहयोगार्थ आयोजित उक्त सांगितिक कार्यक्रमका लागि नेपालबाट चर्चित गायक राजेश पायल राईका साथै गायक बादल लिम्बु, गायिका प्रविशा अधिकारी, नायिका मरिस्का पोख्रेल र डान्सर सोनिका रोकाया हङकङ आउँदैछन् ।
पर्सि १३ जनवरी २०१९, आइतबार साँझ याउ मा तेई कम्युनिटी हलमा आयोजित उक्त कार्यक्रममा हङकङ जस्तो व्यस्त शहरमा रहेर पनि समाज सेवा संगै गीत लेखनलाई समेत निरन्तरता दिदै आएकी चर्चित गीतकार भद्रकला आङबुहाङ राईद्धारा रचित गीतहरु सुन्न पाइने छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार