भद्रकला एकल साँझमा राजेशले नचाँए सोनिकाले हसाईन

  टोपबहादुर याक्खा

१३ जनवरी, हङकङ– बिरामीद्धय नितेस लिम्बु र सविता मिजारको उपचार सहयोगार्थ आयोजित ‘भद्रकला एकल साँझ–२०१९’ मा राजेश पायल राईले दर्शकहरुलाई नचाए भने डान्सर सोनिका रोकायाले नृत्य संगै दर्शकहरुलाई हसाउँनु हसाए ।
युवा पुस्ताका चर्चित संगीतकार तथा गायक बादल लिम्बुले ‘माया तिमी बिना…’, ‘ए माया सुनन…’ लगायत आधा दर्जन आङबुहाङद्धारा रचित गीतहरु गाएका थिए भने नायिका मरिस्का पोख्रेल सुन्दर नृत्य प्रस्तुत गरेकी थिइन । त्यस्तै गरी युवा पुस्ताकै अर्की चर्चित गायीका प्रविशा अधिकारीले ‘बाध्यताले टाढा भए…’, ‘एक्लो छु…’, ‘यो मेरो…’ लगायतका गीतहरु पस्किएर दर्शकहरुलाई भरपुर पनोरञ्जन दिलाएकी थिइन् ।
आच सोल्टाहरु…युवा पुस्ता माझ हट केककी रुपमा रहेकी युट्यूबर तथा डान्सर सोनिका रोकायाले सुन्दर नृत्य संगै हाफ्नो हाउ–भाउका साथ दर्शकहरुलाई पेट मिचुन्जेल हसाँएकी थिइन ।
कार्यक्रमको अन्तमा देखा परेका राई ईज किङ राजेश पायल राईले ‘माया आफै बस्दोरहेछ…’, ‘मैले मायाले दिएको चिनो…’, ‘माया किन अप्ठेरो…’ लगायतका गीतहरु गाएर दर्शकहरुलाई नचाएका थिए ।
याउ मा तेई कम्युनिटी हलमा आयोजित उक्त कार्यक्रममा हङकङ जस्तो व्यस्त शहरमा रहेर पनि समाज सेवा संगै गीत लेखनलाई समेत निरन्तरता दिदै आएकी चर्चित गीतकार तथा कार्यक्रम आयोजक भद्रकला आङबुहाङ राईको दोस्रो एल्बम ‘माया’ को विमोचन समेत गरिएको थियो ।

 

 

 

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार