चुम्लुङले येले सम्बत ५०७९ तथा ककेक्फा तङनाम मनायो ।

किरात याक्थुन चुम्लुन ललितपुरले किराती नयाँ वर्ष (येले तङ्वे) ५०७९ चुम्लुनहिम ललितपुरमा माघ १ गते  भव्यताका साथ मनाए ।आदिवासी लिम्बूहरुको चाड ककेक्फा तङनाम् (येले तङ्बे) को उपलक्षमा उपत्यकामा रहेका लिम्वु युवा युवति वुढापाकाहरुको उपस्थितिमा पर्व, मेला महोत्सवको रुपमा येले तङ्बे मनाएका हुन ।

लिम्वु समुदायको उत्थान, विकासको लागि महान योगदान दिएका व्यक्तित्वहरु महागुरु फाल्गुनन्द, सिरिजंगा र इमानसिंह चेम्जोनको सालिकमा माल्याणपन गरेपश्चात् वेलुन उडाएर येले तङ्वेको उद्घाटन गर्दै ललितपुर महानगरपालिकाका मेयर चिडिवावु महर्जनले भने : किरात याक्थुन् चुम्लुन र महानगरपालिकाको सम्वन्ध प्रगाढ हुनेछ । यसका साथै किराती पुर्खाको निशानीको रुपमा ललितपुर १४ स्थीत तिखिदेवल मन्दिर परिसरमा रहेको किरात राजा शोसिकुहाङले निर्माण गर्नुभएको तिखेदेवल मन्दिर २०१३ साल जेठ १७ गते प्रेम बहादुर माबोहाङ द्वारा पुन: लेखिएको पुरानो शिलालेख आधा भन्दा ज्यादा सब्द मेटिएकोहुनाले नयाँ शिलालेख बनाईएको हो । त्यस शिलालेखको (नेपाली) को मेयर महर्जनले अनावरण गरेकाहुन भने सिरिजंगा लिपिमा लेखिएको शिलालेखलाई चुम्लुमका प्रमुख सल्लाहकार तथा पूर्व प्रशासक मञ्जुल याक्थुम्वाले अनावरण गरे।


पहिलो चरणको औपचारिक कार्यक्रमलाई सचिव सरस्वता ईस्पो ले सञ्चालन गरेकि थिइन भने उपाध्यक्ष राम बहादुर बखिम ले स्वागत मन्तब्य दिएकाथिए, कियाचु केन्द्रिय अध्यक्ष योगराज वनेमले मन्तब्यका साथमा आफ्ना सान्दर्भिक भनाईहरु राख्दै येले तङवेको उपलक्षमा शुभकामना दिएका थिए ।


अध्यक्ष मकरध्वज वनेमले सम्पुर्णलाई धन्यवादका साथमा औपचारिक कार्यक्रम समापण भएको घोषना गरे ।
दोस्रो चरणमा सास्कृतिक धाननाचँ, च्याब्रुङनाचँ बिभिद कार्यक्रम गरि मनोरञ्जनका साथमा लिम्बू परिकारहरु याङबेन सहितको फाक्सा तथा पाङखे सगुन बाडिएकोथियो ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार