अल्ट्रा रनर सिर्जना राई संखुवासभा समाज हङकङद्धारा सम्मानित

  टोपबहादुर याक्खा

१८ जनवरी, हङकङ– संखुवासभा जिल्लाबासी उदयीमान अल्ट्रा रनर सिर्जना राईलाई संखुवासभा समाज हङकङद्धारा आर्थिक सहयोग संगै सम्मान तथा विदाई कार्यक्रम सम्पन्न गर्यो ।
जोर्डनस्थित बगैचा रेष्टुरेण्ट एण्ड पार्टी प्यालेसको हलमा आयोजित उक्त सम्मान कार्यक्रमको सभापतित्व समाजका अध्यक्ष टोपबहादुर याक्खाले गरेका थिए भने समाजका सल्लाहकार एवं ज्येष्ठ नागरिक लालबहादुर गुरुङ प्रमुख अतिथि रहेका थिए । गोर्खा ट्रेलब्लेजरका आयोजक गोर्खा सिमेट्री ट्रष्टका सचिव आमोद राई, समाजका सल्लाहकारहरु दाजु गुरुङ, प्रेम कुमार कोरङ्गी, खडग माङमाली लगायतबाट शुभकामना मन्तब्य राखिएको उक्त कार्यक्रममा अल्ट्रा रनर सिर्जना राईलाई ताम्रपत्रका साथै उपस्थित जिल्लाबासीहरुद्धारा खदा लगाएर सम्मान समेत गरिएको थियो ।
समाजका सचिव लिलाबहादुर गुरुङद्धारा संचालन गरिएको औपचारिक कार्यक्रमकै क्रममा समाजको पहलमा जिल्लाबासीहरुबाट संकलित १९ हजार ६ सय १ डलर मध्ये दौडका लागि आवश्यक सामानहरु किन्दाको खर्च कटाएर बाँकी रकम समेत राईलाई हस्तान्तरण गरिएको थियो ।
सभापोखरी गाउँपालिका–२, हरेलो, संखुवासभा घर भई नेपालमा आयोजित विभिन्न लामो तथा छोटो दुरीका दौड प्रतियोगिताहरुमा जित हासिल गर्दै आएकी २१ वर्षिय उदयीमान धाविका गत १२ जनवरीमा हङकङमा आयोजित गोर्खा ट्रेलब्लेजरमा सहभागि हुन हङकङ आएकी थिइन । खुटृाको समस्याका साथै जुत्ताले समेत साथ नदिदा ६ कि.मि.बढि खाली खुटृा दौडिएर पनि २६ कि.मि. दौडमा महिला तर्फ १८–२९ वर्षे उमेर समूहमा प्रथम र ओभरअल ६ औं स्थान हासिल गर्न सफल भएकी थिइन् ।

 

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार