धरान १७ हाइक २०१९ द्धारा अल्ट्रा रनर सिर्जना राईलाई आर्थिक सहयोग

  टोपबहादुर याक्खा

२० जनवरी, हङकङ– धरान १७ समाज हङकङले ‘धरान १७ हाइक २०१९’ मार्फत अल्ट्र रनर सिर्जना राईलाई सम्मान गर्दै नगद हङकङ डलर ५ हजार ६ डलर आर्थिक सहयोग प्रदान गर्यो ।
‘हाइक फर हेल्थ’ नाराका साथ चुनमुन स्थित गोल्ड कोष्टबाट शुरु भई म्याक्लोस ट्रेल सेक्सन १० अन्तर्गत करिब ४ घण्टा अवधीको दुरीमा गरिएको प्रथम पारिवारीक हाकिङमा ५०–६० का हाराहारीमा धरान १७ वडाबासीका साथै गोर्खा ट्रेलब्लेजरमा सहभागी हुन नेपालबाट आएकी उदयीमान धाविका सिर्जना राईको समेत विशेष उपस्थिति रहेको थियो ।
रिज वियोण्ड प्रिभेन्सनद्धारा निःशुल्क वितरित टि–सर्टका साथै समाजको तर्फबाट निःशुल्क खाजा पानीको व्यवस्था समेत रहेको उक्त कार्यक्रमको अन्तमा समाजका अध्यक्ष मधु कुमार राई, सल्लाहकारहरु हेम पुन, महेन्द्र विक्रम देवान लगायतले शुभकामना मन्तब्य संगै अल्ट्रा रनर सिर्जना राईलाई खदा लगाएर सम्मान गर्नुका साथै समाजको तर्फबाट हङकङ डलर ५ हजार ६ डलर आर्थिक सहयोग समेत हस्तान्तरण गरेका थिए । रनर बहिनी सिर्जना १७ वडाबासी नभएता पनि उसको प्रतिभा र लगाभबाट प्रभावित भई उज्वल भविश्यको कामना गर्दै सम्पूर्ण धरान १७ वडाबासीको तर्फबाट आर्थिक सहयोग गरिएको समाजका अध्यक्ष मधु कुमार राईले बताए ।
सभापोखरी गाउँपालिका–२, हरेलो, संखुवासभा घर भई नेपालमा आयोजित विभिन्न लामो तथा छोटो दुरीका दौड प्रतियोगिताहरुमा जित हासिल गर्दै आएकी २१ वर्षिय उदयीमान धाविका गत १२ जनवरीमा हङकङमा आयोजित गोर्खा ट्रेलब्लेजरमा सहभागि हुन हङकङ आएकी थिइन । खुटृाको समस्याका साथै जुत्ताले समेत साथ नदिदा ६ कि.मि.बढि खाली खुटृा दौडिएर पनि २६ कि.मि. दौडमा महिला तर्फ १८–२९ वर्षे उमेर समूहमा प्रथम र ओभरअल ६ औं स्थान हासिल गर्न सफल भएकी थिइन् ।
विपन्न परिवारकी राईलाई यस अघि नै संखुवासभा समाज हङकङ, किरात राई यायोक्खा हङकङ लगायत विभिन्न संघ संस्था तथा व्यक्तिहरुले सम्मान गर्नुका साथै आर्थिक सहयोग समेत गरिसकेका छन् ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार