‘तुम्बी बाजे’ बेरी जोन एल्टिङ स्टुडियो बिशालचोकमा !

ललितपुर, ९ माघ । लेखक विष्णु नेम्बाङद्वारा लिखित नाटक तुम्बि बाजे माघ ४ गतेदेखि ललितपुर बिशालचोक स्थित वेरी जोन एक्टिङ स्टुडियोमा मञ्चन भइरहेको छ ।
माघ १२ गतेसम्म प्रदर्शन हुने नाटकलाई मुस्कान राईले निर्देशन गरेका हुन् । हरेकदिन बेलुकी ४:४५ देखि शुरु हुने नाटकका कलाकारहरु उदय वेघा लिम्बू, रुपेश झा, प्रमिशा राई, विशाल खत्री, सुमन राई, समिर कुँवर, अस्मिता लावती लिम्बू, प्रमोद रावल, पुशन राई, शैलेन्द्र थेबे लिम्बू, दिवस नाथ, लक्ष्मी योङहाङ लिम्बू, मनोज कार्की, पुश्कल राई, रोयल राय र सनम राई ले आ‍-आफ्नै कथा अनुसारको एकदमै अर्गानिक मञ्चन गरेकाछन ।

‘तुम्बी बाजेु’ नाटक लेखनबारे लेखक विष्णु नेम्बाङले भनेका छन् – नाट्य लेखन मेरो प्रिय कर्म हो । मैले देखे भोगेका अनेकौं घटना र अनुभूतिलाई मैले नाटकबाट अभिव्यक्ति गर्ने गरेको छु । यहि क्रममा मेरो नाटक पहिचानलाई परिवर्तन गरी ‘तुम्बि बाजेु’को रुपमा बेरी जोन एक्टिङ स्टुडियोले मुस्कान राईको निर्देशनमा मञ्चन गर्दैछ । मौलिक लिम्बू समाजको कथालाई यस नाटकले उजागर गरेको छ । समाजमा रहेका शक्तिसम्पन्नहरुले गरिरहेको भ्रष्ट कर्मको बिरुद्दयस नाटकले सच्चा नागरिकहरु द्वारा भण्डाफोरगरि नयाँ युग र समाजको सुरु गर्नुपर्छ भन्ने आह्वान गर्छ ।’
त्यसैगरी निर्देशक मुस्कान राईले आफ्नो निर्देशकीय पाटोबाट बोलेका छन् – मैले आजसम्म रङ्गमञ्चमा आर्जन गरेको ज्ञान र अनुभवलाई सकेसम्म उपयोग गरी यस नाटकलाई निर्देशन गर्ने जमर्को गरेको छु । मौलिक कथा भएकोले मलाई चुनौति र अवसर दुवै थियो । बेरी जोन एक्टिङ स्टुडियोको दोश्रो प्रस्तुतिको रुपमा यस नाटकलाई हामी मञ्चन गर्दैछौ । आशा छ, यस नाटकलाई हामीले थोरै भए नि न्याय गरेका छौ ।’
नाटकमा हेमन्त तण्डुकारको संगीत संयोजन, पुर्खाजित राईको प्रकाश परिकल्पना, सञ्जिव राईको मञ्च परिकल्पना रहेको छ ।
नाटक हेरिसकेपछी दर्शकहरुबाट आएको प्रतिकृया –

नोट: नाटक आज बिहान ११ बजे, दिउसो १:३० बजे र बेलुकी ४:४५ जम्मा ३ शो देखाईदैछ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार