बिर गोरखालीमाथी विभेद विरुद्ध बैचारिक साागितिक कार्यक्रम

१० माघ ललितपुर ।

संसारमा विर भनेर चिनिएका गोरखालीहरुप्रति भएको विभेद, असमानतालाई संगितको माध्यमबाट प्रस्फुटन गर्न बृटिस गोर्खा सैनिक संघ (विगेसो) ले साागितिक कार्यक्रमको आयोजना गरेको छ । ..स्वाभिमानी, गौरवशाली बिर गोर्खालीप्रति विभेद र असमानता विरुद्ध विगेसोको आन्दोलन.. भन्ने नारासहित राष्ट्रिय स्तरका ख्याती प्राप्त कलाकारहरुलाई समेटेर विगेसोले २०७५ माघ ११ गते राजधानीको प्रज्ञा भवन कमलादीमा साास्कृतिक कार्यक्रमको आयोजना गर्न लागेको हो ।
निर्दो, गरिव, असहाय र आवाजविहिनहरुलाई शासकहरुले विभेद र अन्यायमा पारेको संसारभर इतिहास छ । व्रिटिसको साम्राज्य विस्तारमा ज्यानको प्रवाह नगरी वहादुरी कमाएका विर गोर्खालीहरुमाथी नै भएको अन्यायलाई आम जनमानसमा पुर्याउन वैचारिक साास्कृतिक कार्यक्रमको आयोजना गर्नु परेको विगेसोका अभियन्ता डा. ओम गुरुनले वताए । देशको स्वाभिमान उँचो गर्दै अन्यायको पर्दाफास गर्ने वैचारिक साास्कृतिक कार्यक्रम हुने उनले उदघोष समेत गरे । कार्यक्रममा मोहन वैद्य (किरण), सिपि गजुरेल, परि थापा, डा. ओम गुरुङ, हिरण्यलाल श्रेष्ठ, सिताराम तामान, फनेन्द्र कार्कि, नरेन्द्र काङबाङ, डम्वर यक्सो र पदम सुन्दर गुरुङ सहभागी हुनेछन् । वैचारिक मनोरञ्जन प्रदान नेपालका लोकप्रिय कलाकारहरु जनगायक जिवन शर्मा, शम्भु राई, दिपक लिम्बू, मनु नेम्बाङ, यासेली योङहाङ, देशु सुहाङ, रवि शेर्मा, सञ्जय तुम्रोक। बिशाल योञ्जन, लक्ष्मी योङहाङ, केसु पुरी, नुमा शेर्पा, नगेन माक्खिम, मनु थक्लुङ लिम्बू, बिक्रम थापा लगायतका कलाकार हरुको बेजोड प्रस्तुति रहने छ । यसका अतिरिक्त कलाकारहरुलाई सम्मान गर्ने समेत विगेसोले जनाएको छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार