विगेसोले बीर गोर्खालीको सम्मानमा गर्यो साँस्कृतिक कार्यक्रम

बीर गोरखालीहरुको सम्मानमा बृटिस गोर्खा भुतपूर्व सैनिक संघ (विगेसो) ले वाषिर्क दिवसको अवसरमा वृहत साँस्कृतिक कार्यक्रम  गत माघ  ११ गते   नेपाल प्रज्ञा प्रतिष्ठान भवन कमलादिमा  आयोजना गर्यो ।

बीरहरु माथी भएको अन्याय, अत्याचार र विभेदलाई नाटक र गीत संगीतको माध्यमबाट आम जनमानसमा पुर्याउन राजधानीमा विगेसोले बैचारिक सास्कृतिक कार्यक्रम आयोजना गरेको हो ।

स्वाभिमानी, गौरवशाली बिर गोर्खालीप्रति विभेद र असमानता विरुद्ध विगेसोको आन्दोलनको सन्दर्भमा बोल्दै कार्यक्रमका वक्ताले भने : संसारभरी बीरको उपाधी पाउने हामी गोरखालीहरु, उनीहरुका साम्राज्य जोगाउन ज्यानको प्रवाह नगरी लड्नेहरू विभेदबाट गुजि्रनु दुर्भाग्यपूर्ण भएको वताए ।

नेपालका ख्यातीप्राप्त जनवादी गायकहरु जीवन शर्मा, शम्भु राई देखिए । ‘झुपडि कि नारि रुन्छे, तरकारिलाई नुन छैन, महलकी नारि भन्छे, सोचे जति सुन छैन, हाँसखेल गर्दै लाको मायाँ जस्ता मर्मस्पर्सी गीतहरुमार्फत शम्भु राईले विगतमा सम्झना गराए । अर्का चर्चित जन गायक जिवन शर्माले सिमलि छाँयामा, बसी भरिया लामो स्वास फेरेको गित गाएर दर्शकहरुलाई नचाँए । नेपालका पार्श्वगायक दिपक लिम्बूले..यहाँ देशको छ चिन्ता तिमि मायाँ मायाँ भन्छौ.. भन्ने गीत गाएर दर्शकको मन जीते । मनु नेम्बाङ, सन्जय तुम्रोक, बिशाल योञ्जनले अधिकार र बिभेदका मर्मस्पर्सी गीतहरु पस्केका थिए ।
चलचित्र निर्देशक रवि सेर्मा, मनु थक्लूङ, नबिन राई र लक्ष्मि योङहाङले लाहुरेले भोग्नुपर्ने लडाईको दु:ख सम्बन्धि मनै छुने नाटक मञ्चन गरेकाथिईन ।

बिगेसोका सभापति पदम सुन्दर लिम्बूको अध्यक्षतामा सम्पन्न कार्यक्रममा बिगेसो सल्लाहकार परिथापा, पुर्व राजदुत, परराष्ट्रविद् हिरण्यलाल श्रेष्ठ, देशभक्त जन गणतान्त्रिक मोर्चाका अध्यक्ष सि.पि. गजुरेलले मन्तब्य राखेका थिए ।
यस अन्तराष्ट्रिय लेवल को बैचारिक सास्कृतिक कार्यक्रमलाई नेपाल को बिभिन्न स्थान पोखरा, बुटवल, धरानमा पनि प्रदर्शन गरि अन्य देशमा पनि लैजाने जानकारि गराउदै अध्यक्ष लिम्बूले कार्यक्रम समापन घोषना गरेकाथिए ।  यासेली योङहाङ र बिक्रम थापाले सयुक्त रुपमा संचालन गरेका कार्यक्रमको संयोजना गायिका मनु नेम्बाङले गरेकी थिईन ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार