हङकङमा तेस्रो पटक गुञ्जिइन गायिका तायाहाङमा राई

  टोपबहादुर याक्खा

२७ जनवरी, हङकङ– पप आधुनिक गीत संगीतको क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाई सकेकी सुमधुर श्वरकी धनि गायिका तायाहाङमा राईको हङकङमा एकल सांगीतिक साँझ सम्पन्न भयो ।
कार्यक्रमको पहिलो चरणमा हारमोनियम, तबला र गिटारको साथमा ‘पोहोर साल…’, ‘कसरी म भुले…’, ‘फूललाई सोधे…’, ‘उकाली ओरालीहरुमा…’ लगायतका आधा दर्जन गीतहरु पस्किदा डुएट गीतहरुमा भने दिनेश सुब्बा र टोपराज तामाङले साथ दिएका थिए ।
बाक्सिला बजार सेरोफेरो समाज हङकङद्धारा जोर्डनस्थित नयाँपेजको हलमा आयोजित उक्त कार्यक्रममा हारमोनियममा हिमालय टोन्सका दिनेश सुब्बा, तबलामा कृष्णभक्त महर्जन र गिटारमा रोशन लिम्बुले साथ दिएका थिए ।
दोस्रो चरणमा भने गायिकाले म्यूटिक ट्रयाकमा ‘कोही छ…’, ‘कताकता सपनीमा… ’, ‘मायाको गहिराईमा…’ लगायत आफ्ना आधा दर्जन बढि चर्चित गीतहरु गाएर दर्शकहरुलाई नचाएकी थिइन ।
सांगीतिक यात्राकै क्रममा तेस्रो पटक हङकङ आइपुगेकी राईले तिम्रो याद, तरना र कान्छी  गरी ३ वटा एल्बमहरु बजारमा ल्याइसकेकी छिन् ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार