आदिवासी प्रतिष्ठानले मातृभाषा सेवा पुरस्कार प्रदान गर्ने

२२ माघ ललितपुर ।

आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानले यस वर्षको मातृभाषा सेवा पुरस्कार २०७५ प्रदान गर्ने भएको छ । प्रतिष्ठान ऐन २०५८ मा सुचिकृत आदिवासी जनजाति समुदायका मातृभाषाको श्रीवृद्धिमा महत्वपूर्ण योगदान गरेका स्रष्टा/सर्जकहरूले सम्वन्धित व्यक्ति, कुनै संस्था वा कुनै व्यक्तिले नाम दर्ता वा सिफारिस गर्न सक्ने गरी सार्वजनिक सूचना जारी गरेको छ ।

मातृभाषाको विकास योगदान दिएका विधाहरू भाषा साहित्य, संस्कृति, कला -गीत, संगीत, चलचित्र) मा सम्बन्धित स्रष्टा, सर्जकले योगदान गरेको खुल्ने व्यैयक्तिक विवरण र सिर्जनाहरू सक्कलै २/२ प्रति पेश गर्नुपर्ने समेत गर्नुपर्नेछ । मातृभाषा दिवस अवसरमा आगामी फागुन ९ गते वितरण गर्ने पुरस्कारका लागी २०७५ माघ २७ गतेभित्र मनोनयन दर्ता गरिसक्नुपर्ने प्रतिष्ठानले जनाएको छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार