साप्सक नु साम्इक साङलामको स्वर्ण सृङ्खला सम्पन्न

 ललितपुर, माघ २६ । साप्सक नु साम्इक साङलामको स्वर्ण सृङ्खला सम्पन्न भएको छ । नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व कुलपति वैरागी काइालाले “साप्सक नु साम्इक साङ्लाम साम्म्याङ तङ्नाम नात्ला” अर्थात् “साहित्य र सङ्गीत यात्रा स्वर्ण सृङखला” वाचन गरी कार्यक्रमको उद्घाटन गरे । कार्यक्रमका प्रमुख अतिथि काइालाले “साप्सक नु साम्इक साङलाम युप्पा तङ्नाम नात्ला चेप्साप्ला” अर्थात् “साहित्य र सङ्गीत यात्रा रजत सृङखला अभिलेख” विमोचन पनि गरेका थिए । कार्यक्रममा साङ्लाम कार्यक्रम सञ्चालन गर्नमा विशेष सहयोग गरेका संस्था र व्यक्तिहरुलाई पनि सम्मान गरिएका थिए । यसरी सम्मानित हुनेमा किरात याक्थुङ चुम्लुङ ललितपुर जिल्ला कार्य समितिका अध्यक्ष मकरधोव वनेम, एलबी चेम्जङ, राधिका हुक्पा चङबाङ र कविता ओख्राबु थिए । यस साहित्य तथा सङ्गीत यात्रा कार्यक्रममा कविता ओख्राबुलेले हाक्पारे, देसु सुहाङ र टेक लावतीले पाल्लाम गाएका थिए । यसरी नै कवि टेक लावतीले कविता प्रस्तुत गरेका थिए ।

किरात याक्थुङ चुम्लुङका महासचिव निरन्ती तुम्बापोले साङलाम कार्यक्रमले लिम्बु भाषाको साहित्य तथा सङ्गीतको विकासमा विशेष टेवा पुराएको बताए । यसरी नै वरिष्ठ गायक भगत सुब्बाले साङलाम कार्यक्रमले स्वदेश तथा विदेशमा रहेका लिम्बू स्रष्टाहरुलाई स्वभाषीय साहित्य रचनाका साथै गीत गायनमा उत्प्रेरित गरेको बताए । गायक मोहन मादेनले “लाम्दाक् लो लाम्दाक” स्वागत गीत गाएर कार्यक्रममा सहभागीहरुलाई स्वागत गरेका थिए । कवि येहाङ लाओतीको अध्यक्षतामा भएको उक्त कार्यक्रमको सञ्चालन अमर तुम्याहाङले गरेका थिए ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार