संखुवासभा समाज हङकङको साधारण सभा सम्पन्न

१७ फेब्रुअरी, हङकङ–  संखुवासभा समाज हङकङले विगत १ वर्षयता गरेका विभिन्न गतिविधी तथा समाजको कोष बारे जिल्लाबासीहरुलाई जानकारी गराउँनुका साथै आउँने दिनहरुमा समाजले गर्नु पर्ने विभिन्न रचनात्मक क्रियाकलाप तथा खेल्नु पर्ने भूमिका बारे बृहत छलफल गर्दै समाजको ‘वार्षिक साधारण–सभा तथा अन्तरक्रिया कार्यक्रम–२०१९’ कार्यक्रम सम्पन्न गर्यो ।
जिल्लाबासीहरुको बाकुलो उपस्थिति रहेको प्रथम चरणको कार्यक्रममा समाजका सचिव लिलाबहादुर गुरुङले समाजले वर्ष भरि गरेका विभिन्न गतिविधीहरु प्रस्तुत गरेका थिए भने केही समययता कोषाध्यक्षको कार्यभार समेत सम्हाल्दै आएका समाजका अध्यक्ष टोपबहादुर याक्खाले समाजको आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।
दोस्रो चरणको कार्यक्रममा जिल्लाबासीहरु बीच एक आपसमा विभिन्न विषय वस्तुहरु माथि गहन छलफल तथा निर्णय गरिएको थियो ।
जोर्डनस्थित बगैचा रेष्टुरेण्ट एण्ड पार्टी प्यालेसमा आयोजित उक्त कार्यक्रमको अध्यक्षता समाजका अध्यक्ष टोपबहादुर याक्खाले गरेका थिए भने प्रमुख अतिथि समाजका सल्लाहकार तथा ज्येष्ठ नागरिक लालबहादुर गुरुङ रहेका थिए ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार