सी.एस.टी.एन..द्धारा आयोजित कल्चरल हार्मोनी एण्ड एथ्निक ट्यालेण्ट शो सम्पन्न

  टोपबहादुर याक्खा

२४ फेब्रुवरी, हङकङ– हङकङ नेपाली महासंघद्धारा संचालित तथा गृह मामिला विभागद्धारा प्रायोजित नेपाली समुदायको लागि सामुदायिक सेवा समुह (सी.एस.टी.एन..) द्धारा प्रत्येक वर्ष विविध कार्यक्रमहरुको साथमा आयोजना गर्दै आएको कल्चरल हार्मोनी एण्ड एथ्निक ट्यालेण्ट शो सम्पन्न भयो ।
याउ मा तेई कम्यूनिटी हलमा आयोजित उक्त कार्यक्रममा नेपाली लगायत भारतीय, ईन्डोनेशियन, फिलिपिनी, अफ्रिकन सांकृतिक झाँकीहरुका साथै तेक्वान्दो डेमोस्ट्रेशन समेत प्रदर्शन गरिएको थियो । त्यसको साथै हल भित्रै चित्रकला, एण्टि ड्रग्स लगायत विभिन्न जानकारीमूलक वुथहरु समेत खडा गरिएको थियो ।
कार्यक्रमका प्रमुख अतिथि नेपाली वाणिज्यदुतावास हङकङका महावाणिज्यदुत कमल प्रसाद भटृराईद्धारा शुभकामना मन्तब्य राखिएको कार्यक्रममा सी.एस.टी.एन. प्रोजेक्ट प्रमुख रिता गुरुङले कार्यक्रम बारे मन्तब्य राखेकी थिइन ।
कार्यक्रममा विभिन्न नेपाली संघसंस्थाका अध्यक्ष, प्रतिनिधी, सर्वसाधारण, पत्रकारहरुका साथै स्थानिय डिस्ट्रिक काउन्सिलर, हङकङ प्रहरी लगायत भारतीय, बङगालादेश, ईन्डोनिशिया, फिलिपिन्स, अफ्रिका लगायतका देशका अल्पसंख्यकहरुको बाकुलो उपस्थिति रहेको थियो ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार