जीवन कर्कलाको पातको पानी हो, तेज मेयाङबो ।

तेज मेन्याङ्वो, जस्ले वीर र शाहसीको पहिचान बनाएका लाहुरे जिन्दगीको लामो अनुभव मात्र संगालेका छैनन्, मोडल र गीतकार पनि वनेका छन् । कर्मले लाहुरे भए पनि असली क्षमता भने गीत संगीत हो भन्ने चरितार्थ गरेका छन् । ताप्लेजुङको सिरिजंगा गाउँपालिका, साङमाङगुमा जन्मेर झण्डै ४ दशक लामो हङकङ, व्रुनाई र युकेलाई कर्मथलो बनाएका मेन्याङ्वो मौलिक नेपाली र लिम्वु गीत संगीतका पारखी हुन् । मेन्याङ्वोसंग वगैचा डट कमका सम्वाददाता सुक तुम्रोकले गरेको कुराकानीको सारसंक्षेप ।

१. तपाई रिटायर्ड बृटिस आर्मी की लाहुरे ?
जीवन यापनको शिलशिलामा म आर्मि हो ?

२. लाहुरेको नजरमा जीवन के हो ?
लडाईमा कर्कलाको पातको पानी, व्यारेकमा रहदा वधुवा मजदुर, छुट्टीमा हुँदा एकाविहानै छोडेको कुखुरा जस्तो लाग्छ ।

३. आर्मी जीवनसंग सम्वन्धित भएर त्यस्तो सर्वाधिक गुनगुनाईने गीतहरू तपाईको सम्झँनामा छन् ?
प्रायः भाबुक गीत नै सुनिन्थ्यो । लाहुरेको रेलिमाई फेसनै राम्रो…ढाका टोपि रेलिमाइ खुकुरी भिरेको….नारायण गोपालको बनै खायो डडेलोले….सम्भु राईको चिच्ठि तिमिलाई लेखुँ भन्छु इत्यादी सुन्थे र परदेशमा छँदा वढि नै स्वदेशको झझल्को आउछ ।

४. आर्मि जीवनबाट कसरी गीत संगीततिर मोडिनुभयो ? मनोरञ्जनात्मक क्षेत्रमा लाग्नु तपाईको रहर वा वाध्यता के हो ?
गाउँमा लक्का जवान हुादा लाहुरे बन्नु भन्दा पहिले गाउँका हाटबजारमा धाननाचँ, हाक्पारे गाईन्थ्यो । पल्टनमा पनी अलिकति समय निस्कना साथ गीत गुनगुनाउने गर्थे । पालामहरू गाइयो र लेखियो पनि । गीत संगितमा मेरो अगाध नै रुचि थियो । एक जना गायिका बैनिले मोडलिङको अफर गरेको हुनाले उहाँको गितमा मोडलिङ गरे । एउटा पात्रको रुपमा जीवनमा कलाकारितामा प्रवेश गर्ने प्रोत्साहन मिल्यो ।

५. तपाई वृटिस आर्मी, गीतकार, गायक र मोडलमध्ये कुन चाँहि पहिलो कोटीमा आफ्नो परिचय होस भन्न चाहनुहुन्छ ?
मोडलिङ र संगीत मेरो अगाध शौख र रुचिका विषय हुन । पूर्व वृटि्स आर्मीको धरातलमा उभिएर भलिवल र व्याडमिन्टन खेलाडि हुं भन्न रुचाउछु । मैले आर्मी जिवनमा भलिवल प्रतियोगिताको उच्च तहसम्म खेल्ने मौका पाए । धेरै पदकहरू प्राप्त गरे । युकेमा चाईनिज ब्याटमेन्टन  प्रतियोगितामा भाग लिने पहिलो नेपाली साथै भेट्रेन सिंगल  फाईनल सम्म पुग्ने पहिलो नेपाली खेलाडी हुं ।

६. कुनै पनि मानिस केही बन्न रहर वा महत्वकाक्षाले मात्र पुग्छ वा उसित विलक्षण प्रतिभा चाहिन्छ ?
ईच्छासक्ति, सहनसिलता र अनुशासनले मानिसलाई प्रतिभावान बनाउछ भन्ने मेरो दृष्टिकोण छ । तर कोही मान्छे सफल बन्न वहुपक्षहरूको समजोड हुनुपर्दछ ।

७. तपाईले हालसम्म कस्ता कस्ता गीतहरू लेख्नु भएको छ ?
मैले मौलिक भाषाको पालाम हरू लेखेको छु ।
फक्ताङलुङ यो यो याक्थुङ लाजेरो….मुकुङलुङ माङे…. तरेबाहाङ ए…फालेलुङ यो यो….खरङवामाए…..सिसागेन मेन्छिन लुङवामाए यस्तै यस्तै छन् ।
८. गीत कुन मोडमा फुर्छ वा मोड बनाएर फुराउनुपर्छ ?
रुचिमा आधारित गीतकार हुं म । म जस्ता गीतकारहरूले आफ्नै गाउँ ठाँउ, वजार हाटमा र टाढा टाढा पाहुना जाँदाको अवस्थामा घटेका जीवन्त घटनाहरूलाई सम्झेर गीत लेख्ने गरिन्छ । जस्ले पुरानो यादहरूको झझल्को दिउन ।

९. पैसा भएकाहरू पैसाको उपयोग गर्न सांगितिक मनोरञ्जनमा आउछन् र विलाएर जान्छन् भन्ने आमवुझाई छ ? यदि तपाईलाई यो क्याटगोरीमा राख्यो भने के भन्नुहुन्छ ?
भोलिको कुरा त कस्लाई थाहा छ र ? मेरो उद्देश्य चाहि मौलिक गीत संगीतको संरक्षण र प्रोत्साहन गर्ने हो । गीत संगीतमा केही खर्च गरेको छु । यसबाट मैले मेरो जीवनलाई सार्थक ठान्ने हो । सुन्दर जीवन बाच्ने कलासंग औला भााचेर कौडीको हिसाव गर्दिन म ।

१०. गोरखाली वृटिस आर्मीहरू जो आफै संसारका लागि महावीर छन तर उनीहरू विभेद र अन्यायमा छन् भन्ने कुरो छ त्यस प्रकृतिको गीत चाही लेख्नुभएन?
प्रदेशलाई भन्दा पनि देश र गाउँघरको परिवेशलाई सम्झेर गीत लेखियो । विभेद, असमानताका कुराहरू पनि मनमा यत्रतत्र खेलिरहेका छन् । यो विषय गहन र राजनीतिक पनि भएकाले यसतिर मैले कलम चलाएको छैन । अव लेख्ने, गाउने र छाँयाकन गर्ने सोचमा छु । भेदभाद पुर्णकुरा नेपाली समाजमा जतापनीछ, त्यता भन्दापनि गितसंगित तिर लाग्नुनै उचितलाग्यो ।

११. मनोरञ्जन क्षेत्रमा आएर के गुमाए वा के प्राप्त गरे जस्तो लाग्छ ?
गुमाएको केही छैन मेरो कामप्रति सन्तुष्ट छु । धेरै क्षेत्रको मान्छेहरुसंग चिनजान भयो ।

१२. तपाईको भावि योजनाका केही पानाहरू पल्टाउनुहोस ?
सामाजिक सेवा गर्ने, मौलिक गित संगितमा रम्ने मन छ ।र अहिले छाँयाकण भई रहेको चलचित्र ‘घरजम’ का प्रोडुसर हरुमा म पनि एक हुं।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार