पर्यटनमन्त्री सवार हेलिकप्टर दुर्घटना…………

ताप्लेजुङ- पर्यटनमन्त्री रवीन्द्र अधिकारी सवार एयर डाइनेस्टीको दुर्घटनामा परेको हेलिकोप्टरबाट ५ जनाको शव निकालिएको छ। सबै जलेको अवस्थामा निकालिएको शवको पहिचान भएको छैन। हेलिकप्टरमा ७ जना सवार थिए। घटनास्थलमा रहेका माथिल्ला फेदीका होटल व्यवसायी घनश्यामा पौडेलले पूरै जलेको अवस्थामा ५ वटा शव निकालिएको तर कसको भन्ने पहिचान नभएको बताए। अहिले त्यहाँ उद्धार कार्य जारी रहेको उनको भनाई छ। तेह्रथुमको आठराई गाउँपालिकामा रहेको कार्यक्रममा सहभागिता जनाउन पुगेको बेला भने पर्यटनन्त्री अधिकारीका साथ उनका अंगरक्षक अर्जुन घिमिरे, एअर कम्पनीका प्रवन्धक आङ्छिरिङ शेर्पा,नागरिक उड्यन प्राधिकरणमा उपमहानिर्देशक बीरेन्द्रकुमार श्रेष्ठ, प्राधिकरणकै क्षेत्रीय निर्देशक ध्रुव दास, प्रधानमन्त्री कार्यालयका कर्मचारी श्याम दाहाल, र चालक प्रभाकर श्रेष्ठ रहेका थिए। हेलिकप्टर ताप्लेजुङको पाथीभरा मन्दिर आसपास दुर्घटनामा परेको थियाे।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार