जीप दुर्घटना हुँदा ११ जनाको मृत्यु ………..

 दार्चुला÷ मृतक सबैको शव संकलन गरी पोष्टमार्टमका लागि अहिले जिल्ला अस्पताल दार्चुलामा राखिएको प्रहरीले जनाएको छ । फाल्गुन १८, २०७५ – दार्चुलाको सदरमुकाम खलंगाबाट दुहु गाउँपालिका हिकिला गईरहेको जीप महाकाली नदीमा दुर्घटना हुँदा ११ जनाको मृत्यु भएको छ । हिजो बेलुकी करिब ८ बजेतिर दुहु गाउँपालिका ३ राताकाठाभिरमा म १ ज २८० नम्बरको जीप सडकबाट झण्डै तीन सय मिटर तल महाकाली नदीमा खसेको प्रहरीले जनाएको छ । घट्ना स्थलमा ७ जना महिला, तीन जना पुरुष र एक जना नाबालकको शव फेला पारेपनि सनाखत नभएको दार्चुलाका निमित्त प्रहरी प्रमुख रविन्द्र कठायतले जानकारी दिनुभयो ।। घटना स्थलबाट गाडी चालक दिपकसिह धामीको घाइते अवस्थामा उद्दार गरिएको थियो । गम्भिर घाईते सवारी चालक धामीलाई जिल्ला अस्पतालमा उपचार सम्भव नभएपछि जिल्ला बाहिर रिफर गरिएको अस्पतालले जनाएको छ । २०७४ बैशाखमा जिल्ला यातायात समितिको बैठकले दार्चुला–तिंकर सडकको राताकाठा भिरमा यातायात संचालनका लागि अनुमति दिएको थिएन् । २०६५ सालबाट निर्माणाधिन तिंकर सडकको राताकाठा क्षेत्रमा सदरमुकाम खलंगाबाट ५÷६ किलोमिटरको दुरीमा पर्छ । अहिले सो क्षेत्रमा सडक सुधारको काम चलिरहेको छ ।  मृतक सबैको शव संकलन गरी पोष्टमार्टमका लागि अहिले जिल्ला अस्पताल दार्चुलामा राखिएको प्रहरीले जनाएको छ  ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार