हावाहुरीका कारण ज्यान गुमाउनेको संख्या २८………..

रौतहट- बारा र पर्सामा आइतबार साँझ आएको भीषण हावाहुरीबाट ज्यान गुमाउनेको संख्या २८ पुगेको छ। प्रदेश नम्बर २ का प्रहरी प्रमुख हरि पालका अनुसार २७ जना बारा र १ जनाको ज्यान पर्सामा गएको हो। हावाहुरीका कारण ४ सय भन्दा बढी घाइते भएका छन्। घाइतेहरुको वारा, पर्सा र रौतहटका अस्पतालमा उपचार भइरहेको छ। हुरीका कारण रुख, विजुलीका पोल ढल्दा धेरै मानवीय क्षति भएको छ। उपचार र उद्दारमा सुरक्षाकर्मी र स्थानीय खटिरहेको डिआइजी पालले बताए। ‘घाइतेको उपचार र उद्दारमा कुनै कमि आउन नदिन हामी लागिरहेका छौ’, पालले भने। उद्दारको लागी तीनै सुरक्षाकर्मी परिचालन गरिएको छ। घटनाबारे प्रधानमन्त्री केपी शर्मा ओलीले दु:ख व्यक्त गर्दै उद्दार र उपचारमा कमि आउन नदिन निदर्देशन दिइसकेका छन्। उद्दारको लागि सरकारले हेलिकप्टरको व्यवस्था गरेको छ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार