८३ औं साहित्य श्रृंखलामा चित्रकार पिकासो माथि चर्चा

  टोपबहादुर याक्खा

३१ मार्च, हङकङ– चर्चित स्पेनिस चित्रकार पिकासो माथिको चर्चा तथा सृजना वाचन गर्दै ८३ औं हङकङ साहित्यक साझा श्रृंखला सम्पन्न भयो ।
साहित्य श्रृंखलाका सह–संयोजक सुनिता गिरीको अध्यक्षतामा जोर्डन स्थित नयाँपेजको कार्यालयमा सम्पन्न उक्त श्रृंखलाको शुरुवातमै चित्रकार तथा साहित्यकार दिपेन्द्र राईले दोस्रो विश्व युद्धताकाका चर्चित स्पेनिस चित्रकार पिकासोका बारे बोलेका थिए । बन्दुक भन्दा कलम बलियो भने झै चित्र मार्फत युद्धलाई खरो रुपमा व्यङ्ग प्रहार गर्न माहिर पिकासोका दर्जनौं चित्रहरु अहिले सम्मै विश्वविख्यात रहेको चित्रकार राईले बताए ।
कवि पूर्णिमा शाहद्धारा संचालन गरिएको कार्यक्रममा डोम राना, चन्द्र मादेन, दाजु गुरुङ, पूर्णिमा शाह, लालबहादुर गुरुङ, सुनिता गिरी लगायतले सृजना वाचन गरेका थिए भने एन.आर.एन.ए.महिला संघकी सचिव अनु राईले शुभकामना मन्तब्य राखेकी थिइन ।
नेपाली वाङ्मयको संरक्षण तथा सम्बर्धनका लागि विगत ७ वर्षयता प्रत्येक महिनाको अन्तिम आइतबार हङकङबासी नेपाली साहित्यिक सर्जकहरु भेला भई साहित्यिक विचार–विमर्श, सृजना वाचन, समीक्षा गर्दै आइरहेको श्रृंखलाले वार्षिक उत्सव कार्यक्रमको अवसरमा कृति प्रकाशन तथा साहित्यिक स्रष्टाहरुलाई नगद पुरस्कार सहित सम्मान समेत गर्दै आइरहेको छ ।

 

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार