बेलायत सरकारको विभेद विरुद्ध ब्रिटिश गोर्खा भू.पू. सैनिकहरुको आन्दोलन जारी रहने

  टोपबहादुर याक्खा

३० मार्च, हङकङ– बेलायत सरकारबाट भइरहेको विभेद विरुद्ध त्यसको अन्त्य नभएसम्म ब्रिटिश गोर्खा भूतपूर्व सैनिकहरुको आन्दोलन जारी रहने भएको छ । ब्रिटिश गोर्खा भूतपूर्व सैनिक संघ हङकङद्धारा जोर्डनस्थित नयाँपेजको कार्यालयमा पत्रकार सम्मेलन गर्दै उक्त जानकारी गराइएको हो ।
बेलायत सरकारद्धारा पुर्व प्रतिबद्धता विपरित सम्पूर्ण ब्रिटिश गोर्खाहरुको मागलाई सम्बोधन गर्ने गरी ७ मार्च २०१९ मा एकमुष्ठ प्याकेज ल्याइएको भनेता पनि एकतर्फी रुपमा ल्याईएको प्याकेजले भू.पू.हरुको मागलाई सम्बोधन गर्न नसकेको संघका अध्यक्ष हेम प्रताप गुरुङ दावी गरे । दश देखि चौतिस प्रतिशत सम्म पेन्सन बृद्धि त भनिएको छ तर कुन दर्जाको कति प्रतिशतले बृद्धि हुने हो, स्पस्ट नभनेर त्यसमा पनि हामीलाई अलमल्याउँने काम भइरहेको छ, उनले भने ।
पेन्सन बृद्धि मात्रै हाम्रो माग होइन, ब्रिटिश सैनिकहरुले पाउँने सोसरहको सम्पूर्ण सेवा सुविधाहरु नपाए सम्म हामी गोर्खाहरुको आन्दोन जारी रहनेछ भन्दै पेन्सन मात्र बृद्धि गरेर बेलायतले उसको विरुद्धमा लड्न भू.पू. गोर्खाहरुलाई आर्थिक सहयोग भएको गेसोका केन्द्रिय सदस्य नरेन्द्र राईले दावी गरे ।
बेलायतले ल्याएको नयाँ प्याकेजमा धरान, पोखरा लगायतका ५ स्थानमा भू.पू.गोर्खा तथा तिनका परिवारजनहरुको उपचारका लागि श्वास्थ्य केन्द्र स्थापना गर्ने भनेकोमा हङकङमा समेत ठूलो संख्यामा भू.पू. गोर्खा तथा तिनका परिवारहरु भएको हुंदा हङकङमा समेत एउटा स्वास्थ्य केन्द्र स्थापना गर्न संघले माग गर्ने अध्यक्ष हेम प्रताप गुरुङले बताए ।
संघका सह–सचिव उत्र शेर राईद्धारा संचालित कार्यक्रममा बाकुलो संख्यामा ब्रिटिश गोर्खा भू.पू. तथा पत्रकारहरुको उपस्थिति रहेको थियो ।

फोटो–जगद अम्बु गुरुङ तथा उत्र शेर राईको फेसबुक वाल

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार