इन्समा इन्द्र वनेम र युवा संघमा विजय प्रकाश लिम्बु निर्वाचित

  टोपबहादुर याक्खा

३१ मार्च, हङकङ– संघीय समाजवादी फोरम नेपालको विदेश शाखाको रुपमा रहेको समावेशी नेपाली समाज–इन्स हङकङको प्रथम अधिवेशन मार्फत अध्यक्षमा इन्द्र वनेम निर्वाचित भएका छन् ।
त्यस्तै गरी उपाध्यक्षमा चन्द्रका राई (माया थुलुङ), सचिव किसन राई, सह–सचिव टोपराज तामाङ, कोषाध्यक्ष भविन घिसिङ, सह–कोषाध्यक्ष गजेन्द्र राई र सदस्यहरुमा क्रमशः आमोद राई, विष्णु पाख्रिन, विरेन्द्र काजी गुरुङ, दिलिप थिङ, इन्द्र सिं राई, मायादेवी राई, मणि लिम्बु, प्रदिप राई किराव, राम्लि राई, शरण सुब्बा र सुर्यमान राई रहेका छन् ।
२९ मार्च २०१९ शुक्रबार साँझ जोर्डनस्थित चुम्लुङ हिममा इन्सको अधिवेशन सम्पन्न भएको भएता पनि नेपालबाट आएका संघीय समाजवादी फोरम नेपालका केन्द्रीय सदस्य तथा नेपाल आदिवासी जनजाती महासंघ नेपालका पूर्व महासचिव आङकाजी शेर्पाको प्रमुख आतिथ्यतामा जोर्डन स्थित बगैचा रेष्टुरेण्ट एण्ड पार्टी प्यालेसमा आयोजित भेटघाट तथा घोषणा सभा कार्यक्रम मार्फत पदाधिकारीहरुको नाम सार्वजनिक गरिएको थियो ।

नेपाल आदिवासी जनजाति युवा संघ हङकङमा विजय प्रकाश लिम्बुः

त्यस्तै गरी सोही दिन जोर्डनस्थित ब्लु ओसियन रेष्टुरेण्टमा नेपाल आदिवासी जनजाति महासंघ नेपालका पूर्व महासचिव आङकाजी शेर्पाकै प्रमुख आतिथ्यतामा नेपाल आदिवासी जनजाति युवा संघ हङकङको दोस्रो अधिवेशन घोषणा सभा सम्पन्न भयो ।
संघको अध्यक्षमा विजय प्रकाश लिम्बु निर्वाचित भएका छन् भने उपाध्यक्ष टोपराज तामाङ रहेका छन् । त्यस्तै गरी सचिवमा तिल बहादुर थापा (तिलक), सह–सचिव राज थेवे सेम्बु, सह–कोषाध्यक्ष सगिना सुनुवार र सदस्यहरुमा क्रमशः खड्ग बहादुर गुरुङ, कुल बहादुर थापा, इन्द्र कुमार थापा, निल कुमार वाइवा, याम कुमार लिम्बु, दिवस घिसिङ, दिलिप कुमार थिङ, टिका कोयी राई, जोन लिबाङ लिम्बु, भरत थापा, नविन लिम्बु, दिपेन्द्र कुमार लिम्बु र नेत्रपाल राई रहेका छन् ।

Photo-HDD Studio

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार