बोनाकामा बाजी मारेे नेेेपाली नुगो यामले

  - बगैँचा सम्वाददाता

ट्रफी उचाल्दै “नुगो याम” बिचमा

हङकङमा सम्पन्न बोनाका एक्सन एक्स स्प्रीन्ट ट्रैल सिरिजको १२ किलोमिटरको दौडमा विश्वका सयौ प्रतिस्पर्धीहरुलाई पछि पार्दै हङकङ निवासी नेपाली “नुुगो याम” यामनाथ लिम्बुले बाजि मारेका छन।हिजो आईतवार साईकुङको पाक ताम चुङ बाट बिहान ९ बजे शुरु भएको प्रतियोगितामा उनले निर्धारित १२ किलोमीटरको दुरि एक घन्टा पाच मिनटमा पार गरी प्रथम भएका हुन। गत बर्ष युक्रेनका बिख्यात धावक भ्लादिमिर इक्सेलले ५६ मिनट ४९ सेकेन्डमा पार गरेका थिए। महिला तर्फ हङकङ कि निकोल लाउले एक घन्टा बीस मिनेटमा पार गरि प्रथम भईन।

बिजेता नुगोयाम र निकोल लाउ

करिब ढेढ बर्ष पहिला बाट मात्र ट्रैल रेस सुरु गरेका लिम्बुले दुई दर्जन भन्दा बढी प्रतियोगी दौडमा भाग लिई सकेका छन।जस मध्ये सबैजसो दौडहरुमा उनी टप टेन भित्र छिरेका छन। कहि महिना अगाडी हङकङमा सम्पन्न १६२ किलोमीटर लामो दौडमा चौथो स्थान हासिल गरेका थिए। तर यो पटक भने पहिलो पटक ओभर अल प्रथम भएका हुन।

धेरै पछि को एटेम्ट पछि प्रथम भएरै छाड्नु भो, सफलताको स्वाद कस्तो हुदो रहेछ? भनी बगैचाडटकमले सोधेको प्रश्नको उत्तर दिदै भने “आफ्नो मेहनत र सपना पूरा हुदा खुशी लाग्नु स्वाभाविक हो, मैले यो सफलताको समाचार आफ्नो श्रीमती र छोरिलाई सुनाए, त्यसपछी आफ्ना साथी भाई र शुभचिन्तकहरुलाई, यो जित पछि थप आत्मविश्वास बढेको छ। र यहाका स्थानिय नेपालीहरुको प्रतिनिधित्व गर्दै यहाका नेपालीहरु पनि सक्षम छन भन्ने प्रमाणित भएको छ, म नेपालीहरु नाम चम्काउन चाहन्छु।”
४० बर्षिय लिम्बू ले करिब ढेढ बर्ष अगाडी लन्ताउमा दौडदा बिजेता भन्दा नौ मिनट मात्र पछाडी परेपछी मेहनत गरे जित्न सकिन्छ भन्ने आत्मबल बढेको बताए। २५,२६ बर्षको उमेर बाटै यो दौडमा लागेको भए विश्व बिजेता नबने पनि विश्वको एलिट धावक पक्कै हुन सक्ने बताउदै उनले अन्तर्राष्ट्रिय डेब्यु गर्ने योजना रहेको बताए। जसमा जापानमा हुने १६८ किमि माउन्ट फुजि र ट्रैल रेस को वर्ल्ड कप मानिने फ्रान्समा हुने युटिएमबी १७१ किमि दौडमा भाग लिने योजना समेत बताए।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार