फिलिपिनो र चिनियाँ बिद्यार्थीहरु बिच झगडा हुदा गम्भीर घाईते

  - बगैँचा सम्वाददाता

घाईते बिद्यार्थीलाई अस्पताल लगिदै

हङकङको एक निजि माध्यमिक बिद्यालयका चिनियाँ र फिलिपिनो छात्रहरु बिच झगडा हुदा एक गम्भीर घाईते भएको समाचार छ।उक्त झगडा बिहिबार ह्याप्पी भ्यालीको स्टब रोड स्थित रोजरीहिल स्कुलको चेन्जिङ रुममा घटेको हो। घटनामा कलमले अनुहारमा हानाहान परेको हो।
फर्म २ मा अध्यायनरत १७ बर्षिय छात्रले फर्म ३ मा अध्यायनरत १६ बर्षिय छात्रलाई अनुहारमा कलम प्रहार गरि गम्भीर घाईते तुल्याएका थिए। उक्त घटना पश्चात स्कुलका शिक्षकले अपरान्ह १२:४० बजे एम्बुलेन्स बोलाएको थियो।
उक्त झगडाको कारण गत मङ्गलबार स्कुल नजिकैको बस बिसौनीमा आँखा चार भएको निहुमा भएको प्रहरीले बताएको छ।
झगडामा सङ्लग्न दुबै बिद्यार्थीहरुलाई वान चाई स्थित नजिकैको रतोन्जी अस्पतालमा उपचारको निम्ति लगिएको छ।अनुहारमा घोपिएको फर्म ३ मा अध्यायनरत बिद्यार्थीको स्थिती गम्भीर रहेको बताईएको छ।अर्को बिद्यार्थीले भने आफ्नो अनुहारमा दुखिरहेको बताएका छन।

घटनास्थल रोजरीहिल माध्यमिक बिद्यालय

प्रहरीले उक्त घटनालाई “कमन एसल्ट” को रुपमा वर्गीकरण गरेको छ भने कसैलाई गिरफ्तार गरेको छैन।
वान चाई जिल्लाको अनुसन्धान टिमले उक्त मुद्दा हेरिरहेको छ।
उक्त झगडामा सङ्लग्न छात्रको बाबू समेत प्रत्यक्ष दर्शी थिए। उनका अनुसार झगडा पुर्ब नियोजित रहेको बताएको छ। कलमले प्रहार गरेर भाग्दै गरेको फर्म २ का छात्रलाई पक्राउ गरि “अनुशाशन कोठा” मा लगिएको थियो।

चिनियाँ र फिलिपोनो छात्रहरु बिच भएको उक्त झगडामा प्रत्यक्ष दर्शी बाबुले जातिय हिंसा नभएर अल्लारे ठिटाहरुको तनाब हो भनेका छन।

 

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार