साम सुई पो मा गोलि हान्ने ब्यक्तिको प्रहरी द्वारा खोजी

  - बगैँचा सम्वाददाता

साम सुई पो स्थित घटनास्थल

हङकङमा शुक्रवार साझ साम सुई पो मा गोलि हानी फरार भएको ब्यक्तिको प्रहरीले व्यापक खोजी कार्य जारी राखेको छ।
प्रहरीका अनुसार चेङ सा वान रोड नजिकैको क्वोईलिन स्ट्रीट साझ १०:३० बजे दुई पुरुषहरु बादबिबाद गरिरहेका थिए। चीन बाट दोहोरो प्रवेशाज्ञा पाएका ३३ बर्षिय ब्यक्तिले अर्को ब्यक्तिलाई पाईपले आक्रमण गर्न खोज्दा उक्त ब्यक्तिले पिस्तोल झिकेर दाहिने पाखुरामा गोलि चलाएका थिए।

घटनास्थलमा प्रहरिले कर्डन अफ गरेको थियो।

गोलि चले पछि पैदलयात्रीहरुले प्रहरीलाई खबर गरेका थिए। उक्त घटना पश्चात दुबै झगडालुहरु भागेका थिए।
केही समय पछि घाइते ब्यक्ती उपचारको लागि क्यारिटास मेडिकल सेन्टरमा पुगेका थिए। पछि उनलाई प्रीन्सेस मार्गरेट अस्पतालमा सारिएको छ।
करिब ३०-४० उमेरको कालो टिसर्ट लगाउने हुलिया भएको गोलि चलाउने ब्यक्तिलाई प्रहरीले खोजी गरिरहेको छ। साथै उक्त ब्यक्तीहरुको पृष्ठभुमि, बिबाद हुनुको कारण र बन्दुकको प्रकार बारे अनुसन्धान गरिरहेको छ।
पानी परिरहेको कारण घटनास्थलमा देखिएको रगतको दागलाई प्रहरिले टेन्ट द्वारा छोपेका थिए।
शनिबार बिहान साम सुई पो रेल स्टेसन नजिकै को घटनास्थलमा गोलि खोजिरहेका छन।
घटनास्थलमा हातहतियारले सु सज्जित प्रहरीहरु परिचालन गरिएको थियो।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार