– यौन दुव्र्यवहार गर्ने स्कुले बिद्यार्थी पक्राउ

  - बगैँचा सम्वाददाता

हङकङका एक चिनियाँ छात्रलाई बुधबार बिहान आफ्नै महिला सहपाठीलाई यौन दुव्र्यवहार गरेको आरोपमा पक्राउ परेका छन। उनलाई गत जनवरीमा उक्त दुर्व्यवहार र हेपाहा क्रियाकलाप गरेको अभियोग लागेको छ।

घटना भएको बिद्यालय

मा ओन सान स्थित तिङ चि यिङ मेमोरियल माध्यमिक बिद्यालयको फर्म तीनमा अध्यायनरत उक्त पिडित छात्राले आफू कक्षा कोठामा बसिरहेको बेला पछाडी बाट यौन दुव्र्यवहार र आक्रमण गरेको दावी बुधबार दावी गरेकी छिन। साथै प्रहरी अनुसन्धानको क्रममा पिडितले घटनाको बखत चार छात्रहरु उनी पछाडी बसेर पीडा दिएका थिए।
प्रहरी प्रवक्ताका अनुसार १५ बर्षिय छात्रलाई पक्राउ गरि आगामी मे महिनामा प्रहरी समक्ष हाजिर हुने गरि जमानतमा छाडिएको छ।
सातिन अपराधीक अनुसन्धान शाखाले उक्त घटनाको अनुसन्धान गरिरहेको छ।

उक्त पिडक पुरुष बिद्यार्थीले पिडित छात्राको अनलाईन कार्ड चोरी गरेर फिर्ता गर्न अस्विकार गरे पछि बिबाद शुरु भएको थियो।

प्रहरीको अनुसार विवादको बेला केटीलाई धक्का दिइएको थियो।घटनाको बखत कक्षाकोठामा कुनै शिक्षक थिएनन।
बुधबार रातिसम्म विद्यालयले घटना बारे केही प्रतिक्रिया दिएको छैन।
गत जनवरीमा १५-१९ बर्षका ८ बिद्यार्थीहरुलाई आफ्ना सहपाठीलाई बाधेर दुव्र्यवहार गरेको भिडियो सार्बजनिक भए पछि गिरफ्तार भएका थिए।

 

घटना भएको बिद्यालय

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार