८४ औं साहित्य श्रृंखला सम्पन्न

  टोपबहादुर याक्खा

२८ अप्रिल, हङकङ– पारिजात पुरस्कारबाट पुरस्कृत ‘टाँकीका फूलहरु’ कथा संग्रहका कथाकार दाजु गुरुङलाई सम्मान, सृजना वाचन तथा समीक्षा गर्दै ८४ औं हङकङ साहित्यक साझा श्रृंखला सम्पन्न भयो ।
साहित्य श्रृंखलाका सह–संयोजक सुनिता गिरीको अध्यक्षतामा जोर्डन स्थित नयाँपेजको कार्यालयमा सम्पन्न उक्त कार्यक्रममा गत आइतबार नेपाली भाषा तथा साहित्य परिषद हङकङद्धारा पारिजात पुरस्कारबाट पुरस्कृत साहित्य श्रृंखलाका संरक्षक समेत रहेका दाजु गुरुङलाई सह–संयोजक सुनिता गिरीद्धारा खदा ओढाएर सम्मान गरिएको थियो ।
कवि आयुषी पाण्डेद्धारा संचालन गरिएको कार्यक्रममा दाजु गुरुङ, पूर्णिमा शाह, लालबहादुर गुरुङ, पवित्रा राई, टोपबहादुर याक्खा, दिपेन्द्र राई, सुनिता गिरी लगायतले सृजना वाचन गरेका थिए भने श्रृंखलाको ८ औं वार्षिकोत्सवको तयारी बारे समेत छलफल भएको थियो ।
नेपाली वाङ्मयको संरक्षण तथा सम्बर्धनका लागि विगत ७ वर्षयता प्रत्येक महिनाको अन्तिम आइतबार हङकङबासी नेपाली साहित्यिक सर्जकहरु भेला भई साहित्यिक विचार–विमर्श, सृजना वाचन, समीक्षा गर्दै आइरहेको श्रृंखलाले वार्षिक उत्सव कार्यक्रमको अवसरमा कृति प्रकाशन तथा साहित्यिक स्रष्टाहरुलाई नगद पुरस्कार सहित सम्मान समेत गर्दै आइरहेको छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार