अर्थमन्त्रीले हङकङमा ब्याबसायीहरुलाई भने “हामी माथी भरोसा राख्नुस”

  - बगैँचा सम्वाददाता

माननिय अर्थमन्त्री डा. युवराज खतिवडा हङकङका नेपाली ब्याबसायीहरु सङ्ग कुराकानी गर्दै

फिजिमा हुन गैरहेको ५२ औ एशियाली बिकास बैंकको बार्षिक बैठकमा भाग लिनका निम्ति हङकङमा ट्रान्जिट हुने क्रममा नेपालका अर्थमन्त्री डा. युवराज खतिवडाले हिजो बिहान बुधबार हङकङका ब्यापरिक समूह र सस्थाका अगुवाहरु सङ्ग साक्षात्कार गरेका छन।नेपाली महावाणिज्यदूत कमल प्रसाद भट्टराईको प्रयासमा उक्त भेटघाटको भएको हो। भट्टराई निबास्थानमा भएको उक्त साक्षात्कारमा नेपाली ब्यापारीहरुले आफ्नो पेशा,अनुभव, दक्षता आदिबारे मन्त्री समक्ष सुनाए।

माननिय अर्थमन्त्री डा. युवराज खतिवडा हङकङका नेपाली ब्याबसायीहरु सङ्ग तस्बिर खिचाउदै

मन्त्री खतिवडाले हङकङ सङ्गको सम्बन्ध ब्यक्ति ब्यक्ती बिच, सस्था सस्था बिच साथै परम्परागत सम्बन्ध भएको बताउदै पुर्बी एशियाकै ब्यापारिक र बित्तिय केन्द्रको रुपमा भएको हङकङ बाट नेपालले फाईदा लिनु पर्ने बताए। उनले ईच्छुक नेपाली लगानीकर्ताहरुलाई आश्वास्त पार्दै भने ” हामी प्रती भरोसा राख्नुस, एनआरएन प्रती हामीले ठूलो आपेक्षा राखेका छौ, तपाईहरु ढुक्क हुनुहोस, तपाईंहरुको लगानी सुरक्षीत रहनेछ, साथै प्रतिफल पनि उच्च हुनेछ।” उनले थपे “हामीले ब्याबसायिक झन्झट हटाउन र छिटो छरितो बनाउन कानुन र नियामवलीहरु समेत बनाई सकेका छौ।उचित बातावरण बनाईरहेका छौ”, उनले एनआरएन का लागि ईन्भेस्मेन्ट र म्युचल फन्ड समेतको लागि कानुनी प्रत्याभूति समेत गरिएको बताए। बिदेशी प्रबिधी र पुजिको लगानीले नेपालको आर्थीक समृद्धिमा कोषेढुङ्गा सावित जुन सक्ने समेत उनले बताए।

मन्त्रीले पदभार ग्रहण गरेको १ बर्ष दुई महिना भएको छ। देश संघियतामा प्रवेश गर्दा साधन र स्रोत को बाडफाड आएको चुनौतीलाई सफलताको साथ सामना गरेको दावी गर्दै देशले ईतिहास मै पहिलो पटक ७% ले आर्थिक बृद्दी दर हासिल गरेको बताए।

एशियाली बिकाश बैंकको गभर्निङ बडिको गभर्नरमा नेपालको अर्थमन्त्री रहने प्राबधान छ। यहि मे २ र ३ तारिक भेलामा भाग लिई ४ तारिक नेपाल फर्कदैछन।

 

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार