तेक्वान्दो च्याम्पियनशिप २०१९ मा युनाइटेड क्लब बन्यो ओभरअल च्याम्पियन

  टोपबहादुर याक्खा

५ मे, हङकङ– एशियन सिटिज इन्टरनेशनल तेक्वान्दो च्याम्पियनशिप २०१९ मा सहभागी नेपाली क्लब युनाइटेड तेक्वान्दो एसोसिएशन हङकङका खेलाडीहरुले उत्कृष्ट प्रदर्शन गर्दै ७२ वटा पदक सहित ओभरअल च्याम्पियन बन्न सफल भएको छ ।
हङकङ एलाइट स्प्रिट तेक्वान्दो क्लब र हङकङ तेक्वान्दो कोसमोपोलिटन क्लबद्धारा मङकङ स्टडियममा आयोजना गरिएको उक्त कम्पिटिशनमा युनाइटेड तेक्वान्दो एसोसिएशन सहित दर्जन बढि नेपाली तथा चाइनिज क्लबका करिब ५०० खेलाडीहरुले प्रतिस्पर्धा गरेका थिए । उक्त प्रतिस्पर्धामा पुम्से र स्पारिङ दुबै विधामा गरी युनाइटेड एसोसिएशन हङकङका खेलाडीहरुले १६ वटा गोल्ड, २० वटा सिल्भर र ३६ वटा ब्रोन्ज मेडल गरी जम्मा ७२ वटा मेडलहरु हाता पार्न सफल भएका थिए ।
यसरी विभिन्न स्थानिय चाइनिज क्लबहरुले आयोजना गर्दै आएका पुम्से तथा स्पारिङ कम्पिटिशनहरुमा सहभागिता जनाउँनुको मुख्य उदेश्य भनेकै आफ्नो स्टुडेण्टहरुको स्तरमा अभिबृद्धि संगसंगै लोकल चाइनिज क्लबहरुसंगको सम्बन्धलाई प्रगाढ बनाउँदै अगाडी बढ्नु रहेको एसोसिएशनका प्रेसिडेण्ट तथा ग्राण्ड मास्टर सैलेन्द्र राईले बताए ।
हङकङका विभिन्न स्थानहरुमा डेढ दर्जन ब्रान्चमा ४०० बढि स्टुडेण्टहरु रहेको उक्त एसोसिएशनले स्थानिय चाइनिज तथा नेपाली क्लबहरुले आयोजना गर्दै आएका विभिन्न कम्पिटिशनहरुमा सहभागिता जनाएर राम्रो नतिजा ल्याउँदै आएको छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार