सुप्तुलुङ खिमका लागि साम्पाङ साँझ हुदैं

  टोपबहादुर याक्खा

१२ मे, हङकङ– किरात राई सुप्तुलुङ खिम (चुलाघर) हङकङ भी.आई.पी. शयन कक्ष निर्माणको लागि १ जुलाई २०१९, सोमबार साँझ युनलङ थिएटरमा ‘साम्पाङ साँझ’ हुने भएको छ ।
आयोजक साम्पाङ राई जुम्लेखा हङकङद्धारा जोर्डन स्थित बगैचा रेष्टुरेण्ट एण्ड पार्टी प्यालेसमा पत्रकार सम्मेलन मार्फत जानकारी दिए अनुसार उक्त सांगितिक साँझका लागि नेपालबाट हाँस्य विधाका बादसाह मनोज गजुरेल, चर्चित लोक गायक कुलेन्द्र वि.क., पप तथा आधुनिक गायक कुसल थलङ, राकेश किराती, चर्चित पप तथा आधुनिक गायिका आश्था राउत र डान्सर तथा मोडल एलिसा राई आउँने छन् ।
जुम्लेखाका अध्यक्ष तेज कुमार साम्पाङ राईको अध्यक्षतामा सम्पन्न छोटो औपचारिक कार्यक्रमको क्रममा साम्पाङ साँझका मुल संयोजक शशि मदन राईले सांगितिक साँझको उदेश्य बारे विस्तृत जानकारी दिएका थिए । मुल संयोजक राईले दिएको जानकारी अनुसार ‘साम्पाङ साँझ’ बाट भएको आम्दानीबाट सान्तिन, न्यु टेरिटोरिजममा रहेको किरात राई यायोक्खा हङकङको सुप्तुलुङ खिम (चुलाघर) मा देश विदेशबाट हङकङ आएका नेपाली (किरात तथा गैरकिरात) हरुलाई भ्रमण तथा शयन गराउँन तथा स्थानिय नेपालीहरुलाई समेत नाइट क्याम्पिङ सहित शयन सेवा उपलब्ध गराउँन सुप्तुलुङ खिम (चुलाघर) को पहिलो तलामा २ वटा भी.आई.पी. शयन कक्ष निर्माण गरिने छ ।
कार्यक्रमका प्रमुख अतिथि किरात राई यायोक्खा हङकङका अध्यक्ष हरिचन्द्र राई र उक्त सांगितिक साँझका आर्थिक विभाग प्रमुख धिरज कुमार राईद्धारा शुभकामना मन्तब्य राखिएको उक्त कार्यक्रमलाई जुम्लेखाका सचिव मणि साम्पाङ राईले संचालन गरेका थिए ।
हङकङबासी राईहरुको संस्था किरात राई यायोक्खा हङकङले सन् २०१६ मा सान्तिन, न्यु टेरिटोरिजममा अढाई मिलियन (करिब ४ करोड रुपैंया) मा सुप्तुलुङ खिम (चुलाघर) खरिद गरी विवाह, नौरान, पास्नी, उधौंली, उभौंली, येले दुङ लगायतका कार्यक्रमहरु आफ्नै चुलाघरमा गर्दै आएको छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार