मेरो गुप्ताङ्ग समात्ने ती भाउजू

लेखक “ओथारे कान्छा”

मि टू मुभमेन्टको सन्जालले आजभोलि साम्राज्य फैलाएको छ, यसले हलिउड, बलिउड र कलिउड सम्म तहल्का मच्चाईरहेको छ। हलिउडका हर्भि वेइन्स्टैन, बलिउडको नाना पाटेकर, कलिउडका पुर्ब मेयर केशब स्थापित समेतलाई बाकी राखेनन मि टू ले।
महिलाहरुले आफ्नो कार्यक्षेत्रमा पुरुषहरु द्वारा गरिने यौन शोषण विरुद्धमा थालिएको यो अभियान अहिले डढेलो सरह सन्सारभर फैलदै गएको छ।
आजकाल मि टू का कुराहरु अनलाईन अखबारहरुमा गतिलै खुराक भएको छ।सामाजिक संञ्जालमा भाइरल भैरहेको छ। केही दिन अगाडी हङकङ बेसको महिला लेखिका जुनु रानाको यसै सम्बन्धि ब्लग नेपालखबरमा पढियो। त्यो ब्लग पढे पछि पाठकहरुले विभिन्न किसिमका प्रतिक्रियाहरु दिएका थिए।
लैङ्गिक समानताको व्यापक बहस भैरहेको यो युगमा महिलाहरुको मात्र पीडा ,गुनासो र आवाजहरु सुनिदै आएको छ, तर पुरुषहरु भने कसले सुनिदिने?
यसै सन्दर्भमा मलाई बिस्थापित हुँदै गैरहेको, मानसपटलको भग्नावषेसमा पुरिएको बाल्यकालका केही कुराहरु उत्खनन् गर्ने जागर चल्यो।
उनि म भन्दा ८ बर्ष जेठी थिइन। सोह्र बर्षे जोबनको संघार टेक्दै गरेकी।फक्रनै लागेको गुलाफको फूल जस्ती! कृतिमता बाट टाढा प्रकृतीको काखमा हुर्कदै गरेकि तिनको गाला बिना लाली पाउडर स्याउ जस्तै रातो र गुलाफको फूल जस्तै कोमल मुलायम ओठ! बारुलि कम्मर! दुई चुल्ठि बाटेकी! पुतली जस्तै चन्चल।
गाउँमा घाँसदाउरा, मेलापात, गाइबस्तु चराउँने खर्क, बन जङ्गल विभिन्न स्थानहरुमा बारम्बार भेट हुने गर्थ्यो। नजिकको साईनो नपरे पनि उनलाई म दिदी भनेर सम्बोधन गर्थे।

हाम्रो धेरै जसो भेट गोठाला जादा हुने गर्थ्यो। हामी एकै खर्कमा गाईबस्तु भेडाबाख्रा चराउथ्यौ।हामी केही खानेकुरा खाजाहरु बोकेर जान्थ्यौ र दुबैमिली सँगै बसेर खान्थ्यौ।
सुनसान एकान्त ठाउ। खोला बगेको आवाज, चराचुरुङ्गीको चिरबिर आवाज बाहेक कोहि थिएन। थिए त त्यही गाईबस्तु र भेडाबाख्रा। अनि अगाडि भाडाकुटी को सामानहरु। एकदिन भाँडाकुटी खेल्ने बहानामा अचानक दिदिको हात मेरो कट्टुको ईजारको सिमाना नाधेर गुप्ताङ्गमा पुग्यो । उनी त्यही अंग सङ्ग रमाउन थालिन, जिस्कन थालिन। म भने लाजले भुतुक्कै भै सकेको थिए। दिदी भने हौसिदै त्यो अंगलाई बेस्सरी समाएर अगाडि कदम बढाउन लागिन।म भने आईया दिदी दुख्यो, छाडिदिनुस न दिदी भन्ने आग्रह गर्दै नाक छेडेको पाडालाई डोरिले ताने जस्तै दिदिलाई पछ्याई रहे।
त्यो घटनाले म मा मनोबैज्ञानिक असर परेछ।त्यो दिन देखी म कहिल्यै दिदिको नजिक परिन। उनि सँगै गोठाला र जंगल गइन।
धेरै बसन्तहरु पार भए। मान्छेको जिन्दगी तालको पानी जस्तै कहाँ जमेर बसिरहन्छ सक्छ र? म र दिदि आ आफ्नै गति, दिशा र गन्तव्यमा पुग्न खोला झै बगि रह्यौ।
पृथ्वी गोले छ। बिछोडिएका मनहरुको मिलन हुन्छ, छुटेका साथहरु र हराएका मान्छेहरु भेटिन्छ्न। कुनै बेलाको दिदी अहिले नातमा भाउजू बनेर भित्रीएका छन। कहिले काही हाम्रो भेट हुन्छ। पुरानो याद बल्झाएर जिस्कदै भन्छिन -देवर सँग पहिलो चोटी बाल्यकालमा भाँडाकुटी खेल्दा म सँग देवर रिसाएर पर पर भएको हगि? जवाफमा म भन्छु -हैट .. भाउँजू मैले त ती सब कुरा बिर्सिसके तपाई पनि बिर्सनुस्.
यति लेखी नसक्दै मेरो ल्यापटपमा एक समाचारको नोटिफिकेसन आयो। हत्तपत्त मैले खोले, समाचारको शीर्षक थियो ” आई एम अ म्यान हु वाज रेप्ड बाइ अ वुमन ट्वाइस माई एज” ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार