अल्पसंख्यकका लागि काम गर्ने नेता बाल यौन दुराचारको अभियोग सहित अदालतमा

  बगैँचा सम्वाददाता

द साउदर्न डेमोक्रेटिक एलायन्सका नेता जेम्स लुङ

हङकङमा बाल यौन दुराचारको आरोपमा गत शुक्रबार पक्राउ परेका जातीय अल्पसंख्यक समुदाय साउदर्न डेमोक्रेटिक एलाइन्स पार्टीका नेता जेम्स लुङ लाई हिजो सोमबार बिहान काउलुन सिटि अदालतमा उपस्थित गराईएको छ।उनलाई दुई १६ बर्ष भन्दा कम उमेरका दुई अल्पसंख्यकका बालिकाहरुलाई बाल यौन शोषण गरेको तथा बाल पोर्नोग्राफी सामग्रीहरु राखेको आरोप सहित अदालतमा उपस्थित गराईएको हो। उनलाई थप तेस्रो ६ बर्षिय बालिका समेतलाई यौन शोषण गरेको आशङ्कामा प्रहरीले पिडित सङ्ग सम्पर्क गर्ने प्रयास गरिरहेको छ।
सम्भावित तेस्रो पिडित सम्बन्धि बयान लिन प्रहरीलाई थप समय लाग्ने हुनाले जेम्स लाई साबिती बयान दिन आवश्यक नपरेको बताईएको छ।
गोपनियताको कारण पिडितहरुको नाम खुलासा गरिएको छैन।अभियुक्त जेम्सले अदालत समक्ष घोसेमुन्टो लगाएका थिए। उनले जमानतको लागि आवेदन गरेनन्।
उनले नोभेम्बर ४, २०१८ मा एक बालिकालाई छेङ शा वान स्थित बालिकाकै घरमा यौन दुराचार गरेको तथा अर्को बालिकालाई चेन्जिङ रुम र स्विमिङ पुलमा कुकृत्य गरेको आरोप लगाइएको छ। साथै मे २०१७ मा अभियुक्तकै घरमा १९ वटा बाल पोर्नोग्राफी फोटो सहित १ भिडियो समेत बताईएको छ।
पिडित बालिकहरु कुन जात र उमेरका थिए भन्ने अदालत बताईएको छैन। न्यायाधीशले शुक्रबार सम्मको मुद्दा स्थगित गरेको छ।
लामो समय सम्म सङ्गत गरेका हङकङ बाट बेलायत बसाई सरेका लिम्बुवान नेता दिल बहादुर पालुङ्वा घटनाको खबरले आश्चर्यचकित भएको नेपालखबरलाई बताएका छ। उनले टेलिफोन सम्पर्क मार्फत बगैचा सन्चार लाई भने ” सामाजिक सन्जाल मार्फत उक्त खबर पढ्दा तीन छक्क परे। मेरो उ सङ्ग राम्रो दोस्ती थियो, उनि निकै सहयोगी भावनाका थिए। उनले नै सन २००७ मा गोर्खा सेक्युरिटी युनियन खोल्न सहयोग गरेका थिए। उनको पार्टी बाट मलाई चुनाव लड्न उम्मेदवारीको टिकट सम्म दिन्छु भनेका थिए, म त्यति बेला लिम्बुवान राष्ट्रिय मोर्चाको अध्यक्ष भएर नेपाली राजनीति गरिरहेको हुदा उनको प्रस्ताव अस्विकार गरे पछि शुक्र राई लाई उनले चुनाव लडाए। खासमा उनले अल्पसंख्यक जातिहरुको हितमा राम्रो काम गरेका थिए। उनलाई फोटो कै आधारमा पो फसाईयो कि भन्ने मलाई आशङ्का छ।” उनको बालिकाहरु सङ्ग आपत्तीजनक आसनमा फोटो तथा भिडियो हरु प्रहरीले सबुत सहित अदालत पेश गरिसकेका छन, अदालतले दोषी ठहर गरे भने त उनलाई राम्रो भन्न मिल्ला? भनी बगैचाको प्रश्न को उत्तरमा उनले भने ” फैसला हुन बाकी नै छ, उनले पनि त निर्दोषिताको प्रमाणहरु पेश गर्लान, तर दोषी ठहर भए उनलाई फटाहा भन्नै पर्छ, उनी प्रती सचेत र निगरानी राख्नै पर्छ, उनले ठट्यौली भाषामा थपे ” यो घटनाले केही पाठ चाहिँ अवश्य सिकाएको छ, अब त आफ्नै नानिहरु, साथिभाई आफन्तको नानी हरु सङ्ग फोटो खिचाउन पनि एक चोटो सोच्न पर्ने स्थिती भएको छ, फोटो कै आधारमा अदालत धाउने पर्ने स्थिती आउने रहेछ।”
अभियुक्त सङ्ग चिनजान रहेका अर्का नेपाली हेभेन्ली पाथका महासचिव तथा साहित्यकार चन्द्र मादेन समेत यो घटनामा जेम्स लाई फसाईएको हो कि भन्ने आशन्का गरेका छन। ” सामाजिक सन्जाल मार्फत उनलाई हेभेन्ली पाथ सङ्ग जोडेर विभिन्न किसिमका प्रतिक्रियाहरु आएका छन नि भनी बगैचाले सोधेको प्रश्न मा मादेनले भने ” मैले यो अब हेरिरहेछु, हाम्रो सस्था सङ्ग जोडेर जुन प्रतिक्रिया आईरहेको छ त्यो अन्यन्त निराधार, बदनियत, पुर्बाग्राही र दुरासयपुर्ण छ, हाम्रो सस्थाको कार्यक्रममा जो कोहि लाई हार्दिकताको साथ स्वागत गर्दछौ, उनी सहयोगी र दयालु भावनाका थिए। फोटो कै अधारमा उनलाई दोषी प्रमाणित गराउन खोज्नु कतै षडयन्त्र पनि त हुन सक्छ”। उनी दोषी ठहरिए भने हामीले उनी माथी कस्तो ब्याबहार गर्ने त? भनी सोधेको प्रश्नमा उनले भने ” उनी प्रती बिश्वास गुम्नेछ, उनलाई सामाजिक बहिस्कार गर्न त मिल्दैन तर उनको गतिबिधी प्रती सचेत हुन जरुरी छ”।
उनी अदालतमा दोषी सावित भए १० बर्ष सम्मको जेल सजाय हुनेछ।
उनका पार्टि द साउदर्न डेमोक्रेटिक एलाईन्स सन् २००४ मा हङकङमा बसोबास गर्ने दक्षिण एसियाली अल्पसंख्यक जातिहरुलाई सङ्गठित गर्ने उद्देश्यले स्थापना भएको हो।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार