भारतको लोकसभा चुनाव २०१९ मा भारतीय जनता पार्टी (भाजपा) को जीत

भारतको लोकसभा चुनाव २०१९ मा भारतीय जनता पार्टीले स्पष्ट बहुमत निकाल्दै यसअघिको भन्दा पनि ठूलो जीत निकालेको छ । नरेन्द्र मोदी अब पाँच वर्षको लागि फेरि दोस्रो पटक भारतको प्रधानमन्त्री बन्ने भएका छन् ।

भाजपाले गुजरात, हरियाणा, राजस्थान र दिल्लीमा क्लीन स्वीप गरेको छ भने उत्तर प्रदेश, बिहार र महाराष्ट्रमा बहुचर्चित विपक्षी गठबन्धनलाई पराजित गरेको छ ।

मोदी

पश्चिम बंगाल र ओडिशामा पार्टीले सर्वश्रेष्ठ प्रदर्शन गरेको छ । चुनावी विजयपछि नरेन्द्र मोदीले दिल्लीमा रहेको भाजपा मुख्यालयमा कार्यकर्तालाई सम्बोधन गर्दै यो जित लोकतन्त्रको इतिहासको सबैभन्दा ठूलो घटना भएको बताए । उनले बदनियतले कुनै काम नगर्ने पनि प्रस्ट पारेका छन् ।

भारतीय निर्वाचन आयोगका अनुसार ५४३ मध्ये ५४२ सिटमा चुनाव भएको थियो । शुक्रबार दिउँसोसम्म सबै क्षेत्रको नतिजा सार्वजनिक भएको छ । बीजेपी एक्लैले ३०३ सिटमा जित हात पारेको छ । बीजेपी नेतृत्वको राष्ट्रिय गणतान्त्रिक गठबन्धन (एनडीए) ले ३५० सिटमा जित हात पारेको छ ।

त्यस्तै दोस्रो स्थानमा रहेको भारतीय कांग्रेसले ५२ ठाउँमा जित हात पार्दा उनको नेतृत्वको संयुक्त प्रगतिशील गठबन्धनले ८५ सिटमा जित हात पारेको छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार