नेपाल फाइनान्सद्धारा १८ प्रतिशत लाभांश वितरण गर्दै वार्षिक साधारणसभा सम्पन्न

  टोपबहादुर याक्खा

२६ मे, हङकङ– हङकङकै इतिहासमा नेपालीहरुद्धारा खोलिएको पहिलो आधिकारिक तथा सफल वित्तिय संस्था नेपाल पाइनान्स लिमिटेडद्धारा सेयर होल्डरहरुलाई लगानीको १८ प्रतिशत लाभांश वितरण गर्दै सातौं वार्षिक साधारण सभा सम्पन्न गर्यो ।
बगैचा रेष्टुरेण्ट एण्ड पार्टी प्यालेसमा रात्री भोज सहित आयोजना गरिएको कार्यक्रममा नेपाल फाइनान्सका अध्यक्ष धिरज कुमार राईले नेपाल फाइनान्स २००७ बाटै स्थापित भएता पनि २०११ बाट सक्रिय भई अगाडी बढेको र २०१३ बाट आधिकारिक रुपमा लाइसेन्स प्राप्त गर्ने नेपालीहरुको पहिलो वित्तिय संस्था भएको बताए । नेपाल फाइनान्सका महाप्रबन्धक तथा कोषाध्यक्ष शशीमदन राईले जानकारी गराए अनुसार ५० जना सेयर होल्डर रहेको कम्पनीको अधिकृत पूजी हाल २ करोड हङकङ डलर रहेको छ भने कुल ४ करोड २० लाख हङकङ डलर बढीको कारोबार गरिरहेको छ ।
आकर्षक व्याजदरमा वचत तथा सहुलियत तवरले विभिन्न ऋणहरु प्रवाह गर्दै आएको फाइनान्सले २०१८/२०१९ मा कुल ७० लाख हङकङ डलर बढी मुनाफा आर्जन गर्दै खुद नाफा २१ लाख हङकङ डलरबाट सेयर होल्डरहरुलाई लगानीको १८ प्रतिशत लाभांश वितरण गरिएको फाइनान्सका अध्यक्ष धिरज कुमार राईले बताए । ६-७ वर्षको अवधीमा सेयर होल्डरहरुको लगानीको ९० प्रतिशत रकम फिर्ता गर्न सफल भएको र आगामी वर्ष १०० प्रतिशत रकम फिर्ता गर्दै नेपाल फाइनान्सलाई अझ माथि लाने विभिन्न रणनीतिका साथ अगाडी बढिरहेको अध्यक्ष राईले बताए ।
नेपाल फाइनान्सका अध्यक्ष धिरज कुमार राईको अध्यक्षतामा सम्पन्न खुल्लासत्र कार्यक्रमका प्रमुख अतिथि नेपाल च्याम्बर्स अफ कमर्शका अध्यक्ष डासुराम पराजुली रहेका थिए । त्यस्तै गरी विशेष अतिथिका रुपमा एन.आर.एन.ए.की अध्यक्ष टिका गुरुङ, हङकङ नेपाली महासंघका अध्यक्ष टंक राना, एभरेष्ट मिडियाका किसन राई, बगैचा संचारका अध्यक्ष सुवास राई लगातय रहेका थिए ।
ड्यासमा आसिन कार्यक्रमका अध्यक्ष तथा अतिथिहरुद्धारा पानसमा बत्ति बाल्दै स्याम्पेन फोडेर उद्धघाटन गरिएको कार्यक्रममा फाइनान्सका उपाध्यक्ष हरिचन्द्र राईले श्वागत मन्तब्य राखेका थिए भने कोषाध्यक्ष शशीमदन राईले नेपाल फाइनान्सबारे जानकारी सहितको मन्तब्य राखेका थिए । मन्तब्यकै क्रममा अन्य अतिथिहरुले नेपालीहरु केबल सेक्युरिटी गार्ड र कन्स्ट्रक्सनमा लेबर काम मात्रै गर्दैनन् ब्यापार क्षेत्रमा पनि उत्तिकै अगाडी बढिरहेका छन् भन्ने एउटा गतिलो उदाहरण नेपाल फाइनान्स रहेको भन्दै नेपाल फाइनान्स टिमको प्रशंसा सहित आफूहरू पनि नेपाल फाइनान्स संग सहकार्य गर्दै अगाडी बढन चाहेको बताए ।
गत वर्ष समेत सेयर होल्डरहरुलाई १८ प्रतिशत लाभाशं वितरण गरेको नेपाल फाइनान्सले आर्थिक कारोबार संगै प्रोपर्टी तथा रेष्टुरेण्ट क्षेत्रमा समेत लगानी गर्दै आएको छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार