युक्रेनी डि जे लिनाटाले दमकका युवालाई धमाका नचाँउने

युवा पुस्तामाझँ लोकप्रिय पप संगीतले झाँपा दमकका युवाँहरु आगामी जेठ २५ गते रम्नेेछन् । सानमिगन बिट द हिटको साथमा युक्रेनी चर्चित डिजे लिनाटाले रमझँमलाई साथ दिनेछन् । अन्तराष्ट्रिय स्तरका चर्चित डि जे लिनाटा युवाहरुको माझँ ढुकढुकी बन्न दमक आउदैछिन् । नेपाली स्वादमा नेपालका चर्चित डिजेहरु विधान र अर्पणाले सुनमा सुगन्ध थप्नेछन् । येक्तेन मुभी प्रा.लि.को आयोजनामा झापाको दमकको कन्काई पार्टी प्यालेसको भव्य हलमा कार्यक्रम सम्पन्न हुने संयोजक डेविड शाही ठकुरीले वताए ।
कार्यक्रमका लागि प्रचार प्रसार व्यापक रुपमा भएको र युवाहरुले उत्सुकताका साथ पर्खिरहेको व्यवस्थापक प्रेम फागोले प्रतिक्रिया दिए । कार्यक्रमका सल्लाहकारहरु सन्तोष चाम्लिन र दिपेन्द्र श्रेष्ठको विशेष सहयोगमा भइरहेको कार्यक्रमप्रति संयोजक ठकुरी धेरै नै आशावादी छन् । उनले थपे : दमकका साना तिना कार्यक्रम भए पनि अन्तर्राष्ट्रिय स्तरको कार्यक्रम गरिएको यो नै पहिलो हो । कार्यक्रमलाई पूर्वेली युवा क्लव बिर्तामोड,सिङ्गापुरे बेभरेज नेपाल, बिर्ता मिडिया, केटीएम जिन्स,वेभ फेसन वेर, हिल्स् एण्ड टोस् मिकफुङ कलेक्सन र इसुजी, स्वस्तिका ओभरसिज, सेभेन स्टार सेकुरेटी सर्भिस ले सहयोग गरेका छन् । कार्यक्रम दमकको अतिरिक्त बिर्तामोड, धरान, इटहरी, नारायण घाट, हेटौडा, बिरगञ्ज, धनगडी, नेपालगञ्ज, भैरवा, पोखरा र काठमाण्डौमा समेत आयोजना हुदैछ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार