युनाइटेड तेक्वान्दो अकाडेमी हङकङको ४० औं अपग्रेडिङ्ग टेष्ट सम्पन्न

  टोपबहादुर याक्खा

९ जुन मार्च, हङकङ– युनाइटेड तेक्वान्दो अकाडेमी हङकङको ४० औं बेल्ट अपग्रेडिङ्ग टेष्ट साम सेई पु स्थित पेइ हो स्पोर्टस सेन्टरमा सम्पन्न भयो ।
क्लबका प्रेसिडेण्ट तथा ग्राण्ड मास्टर सैलेन्द्र राईद्धारा लिइएको उक्त अपग्रेडिङ टेष्टमा आइतबार क्लासका १ जना ब्लाक बेल्ट फोर्थ डान, १ जना ब्लाक बेल्ट थर्ड डान, ३ जना ब्लाक बेल्ट सेकेण्ड डान र १० जना ब्लाक बेल्ट फष्ट डान सहित २९० जना कलर बेल्टका खेलाडीहरु सहभागी थिए । कार्यक्रममा खेलाडीहरुद्धारा सेल्फ डिफेन्स, उड ब्रोकन, ग्रुप प्याटर्न, स्पारिङ लगायत तेक्वाण्दो सम्बन्धि विभिन्न आकर्षक कलाहरु समेत प्रदर्शन गरिएको थियो ।
जोर्डन र वानचाई किड्स क्लास लगायत शनिबार क्लासका करिब १५० जना स्टुडेण्टहरुको छिट्टै नै टेष्ट लिने बताउँदै ग्राण्ड मास्टर राईले क्लबको एघारौं वार्षिक उत्सवको अवसरमा १ जुलाईका दिन हुने इन्टर ब्रान्च पुम्से तथा स्पिड किकिङ प्रतियोगिताको लागि सबैलाई तयारी रहन समेत अनुरोध गरेका थिए ।
जोर्डन, वान्चाई, सेन्ट्रल, मङकक, साम सेई पु, लङ पिन, ताइपो, चिङ यी लगायत हङकङका विभिन्न स्थानमा गरी २० वटा ब्रान्च रहेको उक्त क्लबमा ४५० बढि स्टुडेण्टहरु रहेका छन् भने हङकङमा आयोजना गरिने विभिन्न स्पारिङ तथा पुम्से (प्याटर्न) प्रतियोगिताहरुमा सहभागिता जनाउँदै राम्रो नतिजा समेत हासिल गर्दै आएको क्लबका प्रेसिडेण्ट तथा ग्राण्ड मास्टर राईले बताए ।

 

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार